भारतमा न्यायाधीशविरुद्ध १० वर्षभित्र ८,६३० उजुरी

३ फागुन २०८२

भारतमा न्यायाधीशविरुद्ध १० वर्षभित्र ८,६३० उजुरी

भारत । पछिल्ला १० वर्षयता भारतमा न्यायाधीशविरुद्ध ८,६३० उजुरी परेको त्यहाँको केन्द्रीय कानून मन्त्रालयले जनाएको छ ।

संसदमा उठेको सवालमा जवाफ दिँदै मन्त्रालयले चिफ जस्टिस अफ इण्डिया (सीजेआइ) को कार्यालयमा हाल कार्यरत न्यायाधीशविरुद्ध यति ठूलो सङ्ख्यामा उजुरी परेको जवाफ दिएको हो । उजुरीको रेकर्ड र ती न्यायाधीशविरुद्ध कारबाही भए/नभएको बारे भने मन्त्रालयले विस्तृत जानकारी दिएको छैन ।

द्रविड मुनेत्र कडगम (डीएमके) का सांसद मथेश्वरन वी.एस. ले लोकसभा बैठकमा शुक्रबार त्यहाँको सर्वोच्च न्यायालयका न्यायाधीशविरुद्ध प्राप्त भ्रष्टाचार, यौन दुर्व्यवहार र अन्य गम्भीर विचलनसँग सम्बन्धित उजुरीको सूची मागेका थिए ।

सर्वोच्च न्यायालयबाट प्राप्त तथ्याङ्कको आधारमा कानून तथा न्यायमन्त्री अर्जुन राम मेघवालले लोकसभामा लिखित जवाफ दिएका थिए । उनले सन् २०१६ देखि २०२५ सम्ममा न्यायाधीशविरुद्ध ८,३६० उजुरी परेको बताए ।

भारतमा प्रधानन्यायाधीश र हाइकाेर्टका मुख्य न्यायाधीशले ‘इन-हाउस’ कार्यविधि बमोजिम न्यायाधीशविरुद्ध उजुरी लिने गर्छन्‌ ।

सम्बन्धित खवर

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...

अमेरिका-इरान द्वन्द्वको नयाँ चरण : नाकाबन्दी सुरु, भारतमा कस्तो प्रभाव पर्ला ?

अमेरिका-इरान द्वन्द्वको नयाँ चरण : नाकाबन्दी सुरु, भारतमा कस्तो प्रभाव पर्ला ?

काठमाडौँ । अमेरिका र इरानबीच दुईहप्ते युद्धविराम औपचारिकरूपमा कायम रहे पनि इस्लामावाद वार्ता असफल...

पाकिस्तानतिर ढल्किएको विश्वको शक्ति सन्तुलन, भारत भूमिकाविहीन बन्दै

पाकिस्तानतिर ढल्किएको विश्वको शक्ति सन्तुलन, भारत भूमिकाविहीन बन्दै

अप्रिल ८ मा अमेरिका, इरान र इजरायलबीच घोषणा गरिएको दुई हप्ते युद्धविरामले मध्यपूर्व र...