चुनावमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस्

जस नेपाल

१० फागुन २०८२

चुनावमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस्

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए ।

फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ । तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।

सम्बन्धित खवर

निर्वाचन प्रचारमा एआई दुरुपयोग गरे कारबाही गर्ने विज्ञापन बोर्डको चेतावनी

निर्वाचन प्रचारमा एआई दुरुपयोग गरे कारबाही गर्ने विज्ञापन बोर्डको चेतावनी

काठमाडौं । नेपाल सरकारको विज्ञापन बोर्डले निर्वाचन प्रचार–प्रसारका क्रममा कृत्रिम बौद्धिकता (एआई) तथा सामाजिक...

निर्वाचन १३ दिन बाँकी : मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

निर्वाचन १३ दिन बाँकी : मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौँ । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय...

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि...

एआईले बनाएका दिग्भ्रमित पार्ने सामग्री प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

एआईले बनाएका दिग्भ्रमित पार्ने सामग्री प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले...