जब वकीलले न्यायाधीशलाई ‘सरकारी दबाबमा काम गरेको’ आरोप लगाए…

५ फागुन २०८२

जब वकीलले न्यायाधीशलाई ‘सरकारी दबाबमा काम गरेको’ आरोप लगाए…

भारत । भारतको इलाहावाद हाइकोर्टले एक वकीलविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न लगाएको छ । इजलासमै न्यायाधीशलाई ‘सरकारी दबाबमा काम गरेको’ आरोप लगाएपछि ती वकीलमाथि अवहेलना मुद्दा लागेको हो ।

न्यायाधीश सन्तोष रायले अधिवक्ता आशुतोषकुमार मिश्राविरुद्ध एक आदेश दिएका हुन् । ती अधिवक्ता एक आरोपीको मुद्दा लड्दै थिए । तर, उनले इजलासमै न्यायाधीशसामु विवादित टिप्पणी गरेका थिए ।

अधिवक्ता मिश्रले जनवरी १२ मा न्यायाधीशकै अघिल्तिर आफूले लडेको मुद्दामा किन काउन्टर एभिडियन्स मागेको भनी प्रश्न गरेका थिए । उनले न्यायाधीशलाई भनेका थिए, ‘सम्बन्धित अनुसन्धान अधिकारीहरूसँग स्पष्टीकरण माग्ने हिम्मत तपाईँसँग छैन । यस्तो लाग्छ कि तपाईँ सरकारको दबाबमा काम गर्दै हुनुहुन्छ ।’

मिश्राको भनाई, बडी ल्याङ्ग्वेज र बहस गर्ने शैली निकै आपत्तिजनक, बदनाम गर्ने शैलीको र अपमानजनक रहेको अदालतले जनाएको छ । साथै; वकीलले नै यस्तो भनेको सुनेपछि वरपर रहेका मानिसमा अदालतप्रतिको गरिमा कम भएको पनि अदालतले जनाएको छ ।

मिश्राले अदालतको अधिकारलाई नै चुनौती दिँदै बदनाम गर्ने उद्देश्यले टिप्पणी गरेको, अदालतको कामकारबाहीमा रोकावट निम्त्याएको र जसकारण करिब १० मिनेटसम्म काम रोकिएको पनि अदालतले उल्लेख गरेको छ ।

हाइकोर्टको इजलासले मिश्राको व्यवहार न्यायिक कारबाहीमा दखल दिने र रोक्ने नियतसाथ भएको र यस्तो व्यवस्था आपराधिक अवहेलनाको दायरामा आउने बताएको छ ।

सम्बन्धित खवर

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...

अमेरिका-इरान द्वन्द्वको नयाँ चरण : नाकाबन्दी सुरु, भारतमा कस्तो प्रभाव पर्ला ?

अमेरिका-इरान द्वन्द्वको नयाँ चरण : नाकाबन्दी सुरु, भारतमा कस्तो प्रभाव पर्ला ?

काठमाडौँ । अमेरिका र इरानबीच दुईहप्ते युद्धविराम औपचारिकरूपमा कायम रहे पनि इस्लामावाद वार्ता असफल...

पाकिस्तानतिर ढल्किएको विश्वको शक्ति सन्तुलन, भारत भूमिकाविहीन बन्दै

पाकिस्तानतिर ढल्किएको विश्वको शक्ति सन्तुलन, भारत भूमिकाविहीन बन्दै

अप्रिल ८ मा अमेरिका, इरान र इजरायलबीच घोषणा गरिएको दुई हप्ते युद्धविरामले मध्यपूर्व र...