तलब कटौती गर्न खोजेको भन्दै निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन

५ फागुन २०८२

तलब कटौती गर्न खोजेको भन्दै निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन

हुम्ला । तोकिएभन्दा कम तलब दिन लागेको भन्दै निर्वाचन (म्यादी) प्रहरीले जिल्ला प्रशासन कार्यालय, हुम्लामा घेराउ गरेका छन्‌ । हुम्लामा सरकारले ५९५ जना निर्वाचन प्रहरी भर्ना गरेको छ ।

आफूहरूले पाउने तलब लगायत सेवासुविधा सरकारले तोकेभन्दा कम दिने भनिएको बताउँदै उनीहरू प्रशासन कार्यालयअघि भेला भई नाराबाजी गरेका हुन्‌ ।

सरकारले यो पटक खटिएका निर्वाचन प्रहरीलाई प्रतिदिन ८६९ रुपैयाँ ४० पैसा तलब दिने जनाएको छ । यो तलबमा भौगोलिक क्षेत्रअनुसार तोकिएको भत्ता पनि जोडेर निर्वाचन प्रहरीले कुल ४० दिनको पारिश्रमिक तथा सेवासुविधा पाउँछन्‌ । निर्वाचनको अघिल्लो दिनदेखि चार दिनसम्म खाजाखर्चबापत प्रतिदिन थप ३०० रुपैयाँ पनि प्राप्त गर्छन्‌ ।

सेवासुविधा सरकारले तोकिदिए पनि जिल्ला स्तरमा ‘घटाएर दिइने’ भनेपछि आफूहरूले प्रशासन कार्यालय घेराउ गरेको निर्वाचन प्रहरीहरूले बताएका छन्‌ । निर्वाचन सुरक्षा निम्ति खटाइएकाहरूले नै जिल्ला प्रशासन घेराउ गरेपछि कार्यालय सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

हुम्ला प्रशासनले निर्वाचन प्रहरीले गरेको प्रशासन घेराउको कारणबारे बुझिरहेको र घोषित सबै पारिश्रमिक तथा सेवासुविधा पाउने भएकाले आन्दोलन नगर्न आग्रह गरिएको जनाएको छ ।

सम्बन्धित खवर

रास्वपाले छान्यो समानुपातिक सांसद, ८४ प्रतिशत महिला

रास्वपाले छान्यो समानुपातिक सांसद, ८४ प्रतिशत महिला

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

प्रतिनिधिसभामा दुई तिहाई ल्याउँदैमा संविधान संशोधन हुन्छ ?

प्रतिनिधिसभामा दुई तिहाई ल्याउँदैमा संविधान संशोधन हुन्छ ?

प्रतिनिधिसभाको निर्वाचनको मतपरिणामले नयाँ बहस छेडिएको छ । बहसका मुख्य दुई विषयहरू पहिलोः एकल...

थरीथरीका सांसद : सेलिब्रिटीदेखि दल फेर्नेसम्म !

थरीथरीका सांसद : सेलिब्रिटीदेखि दल फेर्नेसम्म !

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि प्रत्यक्ष प्रणालीबाट निर्वाचित १६५ सांसदहरूको...

प्रतिनिधिसभा बैठक आह्वानको तयारीमा जुट्यो संसद् सचिवालय

प्रतिनिधिसभा बैठक आह्वानको तयारीमा जुट्यो संसद् सचिवालय

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा...