बालेनलाई बधाई दिँदै एसडी मुनीले गरे सुस्तामाथि भारतको झूठो दाबी

जस नेपाल

१८ जेठ २०८३

बालेनलाई बधाई दिँदै एसडी मुनीले गरे सुस्तामाथि भारतको झूठो दाबी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा दिएको राष्ट्रघाती अभिब्यक्तिको असर देखिन थालेको छ । उनको अभिव्यक्तिले देशभक्त नेपालीहरुको मन दुखेको छ भने भारतीयहरुमा खुशियाली छाएको छ ।

यसै सन्दर्भमा भारतीय बुद्धीजीवी एसडी मुनीले बालेन्द्र शाहलाई साहसीको संज्ञा दिँदै बधाइसमेत दिएका छन् ।

मुनीले एक कदम अगाडि बढेर सुस्तामा नेपालले भारतीय भूमि अतिक्रमण गरेको समेत भन्न भ्याएका छन् ।

सामाजिक सञ्जाल एक्समा मुनीले लेखेका छन्, ‘भारत-नेपाल सीमा समस्या एकतर्फी होइन भन्ने कुरा साहसपूर्वक स्वीकार गर्नुभएकोमा प्रधानमन्त्री बालेन शाह बधाईका पात्र हुनुहुन्छ। नदीको धार परिवर्तनका कारण नेपाल सुस्तामा भारतीय भूभागमा बसेको छ । यद्यपि, यसलाई अन्तर्राष्ट्रियकरण गर्ने उनको प्रयास उल्टो साबित हुनेछ।’

यो पनि-

संसद्‌को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !

नारायणी नदीको किनारामा अवस्थित सुस्ताको साविकको गाउँ पञ्चायतका ८ वटा वडाहरुमध्ये ६ वटा वडाहरु भारतले मिचेर लगिसकेको छ । त्यहाँ रहेका नेपालीहरुको सयौं रोपनी जमीन भारतले अतिक्रमण गरेको दशकौं बितिसकेको छ ।

तर, एसडी मुनीले झूठ कुरा गर्दै उल्टो सुस्ताको जमीन भारतको रहेको र नेपालले मिचेको दाबी गरेका छन् ।

उनको यो सफेद झूठो दाबी नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भनाइलाई पुष्टि गर्ने उद्देश्यले आएको हो ।

नेपालले भारतको सीमा मिचेको छैन : डा संग्रौला

यसैबीच अन्तरराष्ट्रिय कानूनका जानकार डा. युवराज संग्रौलाले भारतको भूमि नेपालले अतिक्रमण नगरेको बताएका छन् ।

डा संग्रौलाले सामाजिक सञ्जालमार्फत भनेका छन्-

मित्रहरू केही तथ्यमा भ्रमित हुनु आवश्यक छैन।
१. कतिपय विवादित नेपाल-भारत सीमानाका हकमा दुवै देशका सिमा सरकारी समितिका बीचमा सहमति भइ सहमतिका निर्णयपुस्तिका तयार भएका छ्न, अब त्यहाँ विवाद छैन। तर थुप्रै ठाउँमा आज पनि नेपालको जमीनमा भारतीय कब्जा छ। यो दाबी स्थानीय नागरिकले समेत गरेका छ्न।
२. कतिपय सीमा क्षेत्रमा विवाद छ, र त्यो विवादमा भारत-नेपालका आफ्ना आफ्ना दाबी छन्। नेपालले आफ्ना प्रमाणहरु पेश गरेको छ। भारतले “नेपालबाट सीमा मिचेको दाबी कतै गरेको छैन।” यस्को अर्थ हो, नेपालले भारतको जमीन कतै अतिक्रमण गरेको छैन।
३. दसगजा दुवै देश बीचको खाली जमीन हो। यो जमीन दुवैले अतिक्रमण गर्न नमिल्ने क्षेत्र हो। कतै कसैबाट अतिक्रमण भएको रहेछ भने “त्यो दसगजाको अतिक्रमण हो देशको सीमाना मिचेको होइन।” तर आजसम्म भारतले नेपालद्वारा दसगजा अतिक्रमण गरेको आरोप लगाएको छैन। यसको तात्पर्य हो, दसगजा समेतमा नेपाल चोखो छ भने नेपालले भारतको सीमाना मिचेको सूचना दिने कुनै कर्मचारी होला, जो देशको स्वार्थघाती छ।
यसबारेमा प्रधानमन्त्रीले विवाद सुल्झाउन बाँकी रहेका सीमाना बिन्दुहरु र विवाद सुल्झिसकेका दुई देश बीचका निर्णय पुस्तिका र विवाद सुल्झिन बाँकी रहेका बिन्दुका सम्बन्धमा दुईदेशका दाबीहरुको अध्ययन गर्नुराम्रो हुन्छ। नेपालले भारतको सीमाना मिचेको कुरा सत्य होइन।
जहाँसम्म नागरिकहरुको “क्रस होल्डिङ रहेछ भने पनि त्यो सीमाना मिचेको हुन्न।” क्रसहोल्डिङ्ग छ भने परराष्ट्रले कहाँ हो,  जवाफ दिनुपर्छ।
यो  पनि-

 

सम्बन्धित खवर

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

काठमाडौँ ।  इजिप्ट फुटबल फेडेरेसन (ईएफए) ले फिफामाथि औपचारिक रुपमा उजुरी दायर गरेको छ।...

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन...

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक...