सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, स्वास्थ्य अवस्था गम्भीर

जस नेपाल

१२ जेठ २०८३

सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । सर्वोच्च अदालतका माननीय न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारो क्यान्सर भएकोसँगै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । श्रेष्ठ हाल भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत रहेका छन् ।

न्यायपालिका अधिकृत समाजले मंगलबार एक सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेको जनाएको हो । सूचनामा न्याय सम्पादनको क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।

त्यस्तै, जटिल उपचार प्रक्रियालाई मध्यनजर गर्दै न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रूपमा यथासक्य आर्थिक सहयोग गर्न पनि अपिल गरिएको छ ।

सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार न्यायाधीश श्रेष्ठको उपचारमा अत्यधिक खर्च हुने अवस्था आएपछि बाध्य भएर सहयोग अपिलसहित सूचना जारी गरिएको हो ।

सम्बन्धित खवर

संसद् अवरोधकै बीच पर्यटन विधेयक पेस, चर्कियो विपक्षी विरोध

संसद् अवरोधकै बीच पर्यटन विधेयक पेस, चर्कियो विपक्षी विरोध

काठमाडाैँ । प्रधानमन्त्रीको खोजी गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका बेला प्रतिनिधिसभामा ‘पर्यटन विधेयक,...