पूर्वसांसद चालिसेलाई पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्न विशेष अदालतको आदेश

जस नेपाल

२ चैत २०८२

पूर्वसांसद चालिसेलाई पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कांग्रेसका निवर्तमान सांसद तथा अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा चालिसेले भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा पुर्पक्षमा रहेका चालिसेलाई धरौटी लिएर छाड्न अदालतले आदेश दिएको हो ।

आज (सोमबार) विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले यो आदेश जारी गर्नुअघि चालिसेलाई अदालतमै उपस्थित गराइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्सिरमा चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयरको कार्यकाल (वि.सं. २०७४ देखि २०७९ सम्म) मा आम्दानीभन्दा तीन करोड ६८ लाख ४७ हजार १६१ रुपैयाँ ७१ पैसा गैरकानूनी आर्जन गरिएको अनुसन्धानबाट देखिएको आयोगले आरोपपत्रमा उल्लेख गरेको थियो । उक्त रकम पदीय मर्यादा विपरितका काम गरी आर्जन गरेको आयोगले दाबी गरेको थियो ।

चालिसेको समग्र आय चार करोड ८८ लाख ३५ हजार ८३३ रुपैयाँ ६२ मात्रै देखिएकोमा आठ करोड ५६ लाख ८३ हजार ५९५ रूपैयाँ ३३ पैसा लगानी तथा खर्च गरेको उजुरीपत्रमा उल्लेख छ ।

विशेष अदालतको आदेश :

सम्बन्धित खवर

रवि लामिछानेको मुद्दामा सुनुवाई जारी

रवि लामिछानेको मुद्दामा सुनुवाई जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी विवादमा आज...

ई-सेवाको क्यूआर प्रयोग गरेर घुस असुली, यातायातका कर्मचारीलाई एक वर्ष कैद र बिगो बराबर जरिवाना

ई-सेवाको क्यूआर प्रयोग गरेर घुस असुली, यातायातका कर्मचारीलाई एक वर्ष कैद र बिगो बराबर जरिवाना

काठमाडौँ । विशेष अदालतले यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनमा कार्यरत कर्मचारी इन्द्रजित गुरुङले सेवाग्राहीबाट...

‘निजी जमिनमा धार्मिक गतिविधि गर्न बाधा नपुर्‍याउनू’

‘निजी जमिनमा धार्मिक गतिविधि गर्न बाधा नपुर्‍याउनू’

भारत । भारतको इलहावाद उच्च न्यायालयले उत्तर प्रदेशका अधिकारीहरूलाई निजी जग्गामा रहेका मस्जिदभित्र नमाज...

धनुषा–१ का उम्मेदवार किशोरी साहको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

धनुषा–१ का उम्मेदवार किशोरी साहको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा–१ का उम्मेदवार किशोरी साहले दायर गरेको रिटमाथि आज...