धनुषा–१ का उम्मेदवार किशोरी साहको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

जस नेपाल

१ चैत २०८२

धनुषा–१ का उम्मेदवार किशोरी साहको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा–१ का उम्मेदवार किशोरी साहले दायर गरेको रिटमाथि आज (आइतबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

रिटमाथि न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको हो । धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि साहले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

यसअघि उक्त रिटमाथि न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ भई साहलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिएको थियो । सोही आदेशमा संलग्न न्यायाधीश भएकाले आइतबार फरक इजलासमा पेसी तोकिएको हो ।

निर्वाचनको दुई दिनअघि कालोसूचीमा परेको आधारमा साहको उम्मेदवारी खारेज भएको थियो । तर मतदानमा उनको चुनाव चिन्ह घण्टीमा सबैभन्दा बढि मत परेको थियो । निर्वाचन आयोगले भने नेकपाका मातृका यादवलाई विजयी घोषणा गरेको छ । साहले आफू योग्य उम्मेदवार भएको र बढी मत पाएको दाबी गर्दै अदालतमा रिट दायर गरेका हुन् ।

याे पनि – सर्वोच्चको अन्तरिम आदेशपछि धनुषा–१ का रास्वपा उम्मेदवारको नाम कालोसूचीबाट हट्ने

सम्बन्धित खवर

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

नयाँ दिल्ली । गुजरात उच्च अदालतले वकिलको नक्कल गरेको आरोपमा एकजना कानूनकी विद्यार्थीको अग्रिम...

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

काठमाडौँ । फागुन २१ को निर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनसँगै...

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

काठमाडौँ । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशको पद रिक्त अवस्थामा छ । चैत १८ गतेदेखि...

सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर परेको रिटको अर्को पेशी आगामी बैशाख ३...