काठमाडौँ । संघीय संसद् सचिवालयले पछिल्लो निर्वाचनपछि बनेको प्रतिनिधि सभामा प्रतिनिधित्व ६ राजनीतिक दलहरूको बैठक डाकेको छ ।
आज (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरिएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
सिंहदरबारस्थित संसद् सचिवालयमा संसद्का महासचिवकै कार्यकक्षमा सर्वदलीय बैठक बस्नेछ । बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकको तयारी लगायत विषयमा छलफल हुने बताइएको छ ।
जेन-जी विद्रोहपछि गएको फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट जम्मा ६ दलले संसद्मा प्रतिनिधित्व गर्दैछन् ।
नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।
यो पनि-
ताजा अपडेट
समानुपातिक सांसदले पाए प्रमाणपत्र
५ चैत २०८२संसद् सचिवालयले डाक्यो सर्वदलीय बैठक
५ चैत २०८२
