काठमाडौँ । रवि लामिछाने सम्बन्धी मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा प्रवेश गर्ने भएको छ ।
यसअघि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । बहस सम्पन्न भएपछि मुद्दाको जटिलता र संवेदनशीलतालाई दृष्टिगत गर्दै पूर्ण इजलासमा पठाउने आदेश भएको अदालत प्रशासनले जनाएको छ ।
लामिछानेसँग सम्बन्धित प्रकरणमा पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले यसअघि सम्पत्ति शुद्धीकरण र संगठित अपराधअन्तर्गत लगाइएका अभियोग फिर्ता लिने निर्णय गरेकी थिइन्। उक्त निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा भएका मुद्दासँग जोडिएको थियो।
सो निर्णयप्रति असहमति जनाउँदै युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मीले अलग–अलग रिट निवेदन दर्ता गराएका थिए । अब ती सबै रिटमाथि पूर्ण इजलासले अन्तिम सुनुवाइ गर्नेछ।
याे पनि –
- ओली पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट दर्ता, सोमबार सुनुवाइ हुने
- सर्वोच्चमा रमेश लेखक पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट पनि दर्ता, सोमबार नै सुनुवाइ हुने


