सर्वोच्चमा रमेश लेखक पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट पनि दर्ता, सोमबार नै सुनुवाइ हुने

जस नेपाल

१५ चैत २०८२

सर्वोच्चमा रमेश लेखक पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट पनि दर्ता, सोमबार नै सुनुवाइ हुने

काठमाडौं । रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ। गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनको पक्षबाट रिट दायर गरिएको हो ।

यसैबीच, केपी शर्मा ओली लाई पनि हिरासतबाट मुक्त गर्न माग गर्दै उनकी पत्नी राधिका शाक्य ले छुट्टै रिट सर्वोच्चमा दायर गरेकी छन् । दुवै रिटमाथि सोमबार सुनुवाइ हुने जनाइएको छ।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ क्रममा भएको दमनका घटनामा संलग्न रहेको निष्कर्षसहित जाँचबुझ आयोगले उनीहरूमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनलाई आधार मानेर वर्तमान सरकारले शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको हो ।

पक्राउपछि दुवैलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। लेखकलाई काठमाडौं जिल्ला अदालतमा प्रत्यक्ष उपस्थित गराइएको थियो भने उपचाररत रहेका ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा पेश गरिएको थियो ।

उता, सरकारी वकिलको कार्यालयले प्रारम्भिक अनुसन्धानका लागि उनीहरूलाई १० दिनसम्म हिरासतमा राख्न अनुमति माग गरेको छ ।

याे पनि –

सम्बन्धित खवर

मिडिया हाउसको गेटमा शंकास्पद पार्किङ : कानून भन्छ- ३ वर्षसम्म कैद ! 

मिडिया हाउसको गेटमा शंकास्पद पार्किङ : कानून भन्छ- ३ वर्षसम्म कैद ! 

 काठमाडौँ । काठमाडौँका प्रमुख मिडिया हाउसहरूको मूल गेटमा बेवारिसे गाडी तेर्स्याएर छाड्ने घटनाले एकातिर...

आज पनि तोकिएन पूर्वमन्त्री खाण र रायमाझीको सजाय, मुद्दा हेर्दाहेर्दैमा

आज पनि तोकिएन पूर्वमन्त्री खाण र रायमाझीको सजाय, मुद्दा हेर्दाहेर्दैमा

 काठमाडौँ  । जिल्ला अदालत काठमाडौँले आज तोकिएको नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा दोषी ठहर...

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको पाँचौँ पटक म्याद थप 

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको पाँचौँ पटक म्याद थप 

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णुप्रसाद पौडेललाई...

काठमाडौं जिल्ला अदालतमा असार ३० देखि नौ दिन नयाँ मुद्दा दर्ता नहुने

काठमाडौं जिल्ला अदालतमा असार ३० देखि नौ दिन नयाँ मुद्दा दर्ता नहुने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना निर्माण, आर्थिक वर्ष...