बैशाख १ देखि ‘ब्रिज कोर्स’का कक्षा सञ्चालन गर्न प्रतिबन्ध

जस नेपाल

१५ चैत २०८२

बैशाख १ देखि ‘ब्रिज कोर्स’का कक्षा सञ्चालन गर्न प्रतिबन्ध

काठमाडौँ । सरकारले आगामी बैशाख १ देखि ‘ब्रिज कोर्स’का कक्षाहरु सञ्चालन गर्न प्रतिबन्ध लगाउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि निजी संस्थाहरूले सञ्चालन गर्दै आएका यस्ता कक्षाले विद्यार्थीमाथि अनावश्यक मानसिक र आर्थिक दबाब सिर्जना गरेको ठहर गरिएको छ। साथै, यसले शिक्षामा समान पहुँचमा समेत नकारात्मक असर पार्ने निष्कर्ष मन्त्रालयको छ ।

सोही आधारमा २०८३ साल बैशाख १ गतेदेखि लागू हुने गरी ब्रिज कोर्स तथा प्रवेश परीक्षा तयारी कक्षाहरू सञ्चालन नगर्नरनगराउन सम्बन्धित सबै सरोकारवालालाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले यस्तो गतिविधि सञ्चालन भएको पाइएमा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ । साथै, कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई समेत अनुरोध गरिएको जनाइएको छ ।

हेर्नुहाेस् प्रेस विज्ञप्ति –

सम्बन्धित खवर

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले फोहोरमैला व्यवस्थापन नियम, २०२६ ‘Solid Waste Management Rules, 2026’...

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

काठमाडौँ ।  सर्वोच्च अदालतमा शुक्रबार  ४२८ मुद्दामा पेसी तोकिए मध्य ८९ मुद्दामा फैसला भएको...

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना १५ बुँदे माग तत्काल सम्बोधन गर्न...