‘ब्रिज कोर्ष’ बन्दले निम्त्यायो अन्योल, सरकार भन्छ– डिप्लोमाको तयारी कक्षा चलाउन पाइन्छ

जस नेपाल

१६ चैत २०८२

‘ब्रिज कोर्ष’ बन्दले निम्त्यायो अन्योल, सरकार भन्छ– डिप्लोमाको तयारी कक्षा चलाउन पाइन्छ

काठमाडौँ । सरकारले आगामी बैशाख १ देखि ‘ब्रिज कोर्स’ तथा उच्च शिक्षाका प्रवेश परीक्षाका तयारी कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने सूचना जारी भएपछि विद्यार्थीहरुमा अन्योल देखियो । सरकारी सूचनाले विद्यार्थी अल्मलिएपछि शिक्षा मन्त्रालयले जारी गरेको सूचनासमेत वेबसाइटबाट हटाइयो ।

पुतलीसडकका विभिन्न इन्स्टिच्युटहरुमा कानूनका विद्यार्थीहरु स्नातक (एलएलबी) को प्रवेश परीक्षाका लागि तयारी कक्षाहरु पढिरहेका छन् । आगामी बैशाखमा बीएएलएलबीको प्रवेश परीक्षाका तयारी कक्षाहरु हुन लागेका छन् ।
इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरु सरकारी सूचनाका कारण अलमलमा गरेको इन्स्टिच्युटका सञ्चालक बताउँछन् ।

बागबजारस्थित एक इन्स्टिच्युटका सञ्चालकले जसनेपालसँग भने, ‘एलएलबीको तयारी कक्षा पढिरहेका विद्यार्थीले हिजोदेखि हामीलाई सोधरिहेका छ्न्, ‘बैशाखपछि कानूनको स्नातकको प्रवेश परीक्षा पनि रोकिने हो कि ?’

तर, आफ्नै सूचनाबाट विद्यार्थीहरु अलमलमा परेपछि शिक्षा मन्त्रालयले यसबारे स्पष्ट पारेको छ । शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार उक्त निर्णय माध्यमिक तह, कक्षा १२ सम्मका लागि मात्र हो । १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले जुनसुकै संकायको पनि तयारी कक्षाहरु पढ्न पाउँछन् । स्नातकको प्रवेश परीक्षाका लागि तयारी कक्षा चलाउन रोक लगाइएको छैन ।

सम्बन्धित खवर

बालेन सरकार तातिँदा अदालतमा पनि गर्मागर्मी, रविको पासपोर्ट सम्बन्धी मुद्दासमेत पेशीमा चढ्यो

बालेन सरकार तातिँदा अदालतमा पनि गर्मागर्मी, रविको पासपोर्ट सम्बन्धी मुद्दासमेत पेशीमा चढ्यो

काठमाडौँ । जननिर्वाचित बालेन सरकारले विपक्षी पार्टीका नेताहरुलाई धमाधम पक्रेर मुद्दा चलाउन थालेपछि अदालतको...

हेल्लो सरकार ! रानीपोखरीबाट लुटिएका राइफल र पेस्तोल खोई ?

हेल्लो सरकार ! रानीपोखरीबाट लुटिएका राइफल र पेस्तोल खोई ?

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफ्नो पदीय जिम्मेवारी सम्हालेदेखि नै सक्रिय देखिएका छन्...

सर्वोच्चमा रमेश लेखक पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट पनि दर्ता, सोमबार नै सुनुवाइ हुने

सर्वोच्चमा रमेश लेखक पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट पनि दर्ता, सोमबार नै सुनुवाइ हुने

काठमाडौं । रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको...

कानूनमन्त्री गौतमद्वारा सर्वोच्च अदालतको अवलोकन

कानूनमन्त्री गौतमद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ । नवनियुक्त कानूनमन्त्री सोविता गौतमले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट गरेकिछन् । भेटपछि उनले...