सिंहदरबारको प्रशासनिक अदालत प्रवेशमै वकीललाई कडाइ

जस नेपाल

२५ चैत २०८२

सिंहदरबारको प्रशासनिक अदालत प्रवेशमै वकीललाई कडाइ

काठमाडौँ । सिंहदरबारस्थित प्रशासनिक अदालतमा वकीललाई प्रवेशमा कडाइ गरिएको छ । सरकारको मौखिक निर्देशनमा अदालत प्रशासनले वकीललाई नै प्रवेशमा कडाइ गरेको हो ।

यसअघि वकीलहरूले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनले दिने कानून व्यवसायीको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाउँथे । तर, पछिल्लो सरकार गठनको १२औँ दिनमा अदालत प्रशासनले वकीलहरूलाई नागरिक एपको सिंहदरबार गेटपासका आधारमा मात्रै प्रवेश दिने भन्दै सूचना निकालेको हो ।

अदालतका रजिष्ट्रार सरोजराज रेग्मीद्वारा जारी सूचनामा लेखिएको छ, ‘प्रशासनकीय अदालत, सिंहदरबार, काठमाडौँसँग सम्बन्धित काम कारबाहीका लागि सिंहदरबार परिसरमा प्रवेश गर्नुहुने देहायबमोजिमका व्यक्तिलाई देहायबमोजिम प्रवेश सुविधाको व्यवस्था गरिएको हुँदा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

अदालतका पदाधिकारी/कर्मचारीलाई सम्बन्धित निकायको आधिकारिक परिचयपत्रको आधारमा, कानून व्यवसायीलाई नागरिक एपको सिंहदरबार गेटपासको आधारमा, मुद्दाका पक्ष वा वारेसलाई सम्बन्धित पक्ष/वारेसको तारिख पर्चाका आधारमा र अन्यलाई अदालतको दैनिक ई-पासका आधारमा प्रवेश दिइने सूचनामा उल्लेख छ ।

यसैवीच, नेपाल बार एशोसिएसनले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै पहिलेकै जसरी परितयपत्रका आधारमा वकीलहरुलाई सि‌हदरबारमा प्रवेश दिन माग गरेको छ ।

यो पनि –

के हो प्रशासकीय अदालत ? न्याय माग्न को जान्छन्‌ ?

सम्बन्धित खवर

बार र न्यायालयमा विश्वास पुनर्निर्माणको खाँचो

बार र न्यायालयमा विश्वास पुनर्निर्माणको खाँचो

यो बिचार सकारात्मक छलफलका लागि लेखिएको हो। गालीगलौज र उत्तेजक घृणा हाम्रो सामाजिक प्रवृत्ति...

शनिबार र आइतबार कार्यालय बन्द हुँदा अदालतमा सकस, बाधा फुकाउने जिम्मा प्रधानन्यायाधीशलाई

शनिबार र आइतबार कार्यालय बन्द हुँदा अदालतमा सकस, बाधा फुकाउने जिम्मा प्रधानन्यायाधीशलाई

काठमाडौँ । सरकारले शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै न्याय...

निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

काठमाडौँ । निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ...

महान्यायाधिवक्ता कँडेल सर्वोच्चको न्यायायाधीश बन्न योग्य छन् ?

महान्यायाधिवक्ता कँडेल सर्वोच्चको न्यायायाधीश बन्न योग्य छन् ?

काठमाडौँ । अधिवक्ता नारायणदत्त कँडेल आइतबार नेपाल सरकारको महान्यायाधिवक्ता नियुक्त भएका छन् । महान्यायाधिवक्ता...