कञ्चनपुर । कञ्चनपुर कारागारमा झडप हुँदा पाँच कैदी घाइते भएका छन् । झडप बुधबार दिउँसो भएको हो ।
लागुऔषध र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका कैदीहरूको दुई फरक समूहबीच झडप भएको प्रहरीले जानकारी दिएको छ । कारागारमा आज झडप गरेको समूहबीच यसअघि पनि झडप भएको थियो ।
झडपमा घाइते भएकाहरूलाई उपचार निम्ति अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
जेन-जी विद्रोहका बेला कञ्चनपुर कारागारबाट ४८७ कैदीबन्दी भागेका थिए । भागेकामध्ये अधिकांश कारागार फर्किइसकेका छन् ।
ताजा अपडेट
अब वकीलले सिंहदरबारमा निर्वाध प्रवेश पाउने
२६ चैत २०८२१४ दिनमै पदमुक्त भए श्रममन्त्री साह
२६ चैत २०८२
