घुससहित समातिए विद्युत प्राधिकरणको वितरण केन्द्र प्रमुख

जस नेपाल

२४ चैत २०८२

घुससहित समातिए विद्युत प्राधिकरणको वितरण केन्द्र प्रमुख

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सप्तरी कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्रकुमार दास एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्‌ ।

दासले चार्जिङ स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाड्न सेवाग्राहीसँग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले दासलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उल्लेखित कामका लागि दासले सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना र उजुरी अख्तियारमा परेको थियो । अख्तियारले दासलाई पक्राउ गर्न टोली नै खटाएको थियो ।

अख्तियारका सहायक प्रवक्तक गणेशबहादुर अधिकारीले दासलाई घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ बाट सोमबार नियन्त्रणमा लिइएको जानकारी दिए ।

सम्बन्धित खवर

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा प्रहरी खोजी सूचीमा रहेकी फरार...

९७ लाख ठगी गरेको अभियोगमा छ जना पक्राउ

९७ लाख ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना...

‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारविरुद्ध सुशासन कायम लगायतका मागसहित जेनजी (Gen Z)...

तत्कालीन सञ्चारमन्त्री गुरुङ ‘मानव अधिकार उल्लंघनकर्ता’ : आयोग

तत्कालीन सञ्चारमन्त्री गुरुङ ‘मानव अधिकार उल्लंघनकर्ता’ : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कार्यमा तत्कालीन सञ्चारमन्त्री पृथ्वी...