बोलाएको बेला उपस्थित हुने शर्तमा रिहा भए ओली र लेखक

जस नेपाल

२६ चैत २०८२

बोलाएको बेला उपस्थित हुने शर्तमा रिहा भए ओली र लेखक

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको १३ औँ दिनमा जिम्मा जमानीमा रिहा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, अनुसन्धानका क्रममा बोलाएको बेला उपस्थित हुने शर्तमा ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ओलीलाई अस्पतालमै जिम्मा बुझाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, पूर्व गृहमन्त्री लेखकलाई पनि सोही शर्तमा रिहा गरिएको छ । उनलाई पत्नी यशोदा लेखक को जिम्मा लगाएर हिरासत मुक्त गरिएको हो । चैत १४ देखि प्रहरीको नियन्त्रणमा रहेका लेखकलाई नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट छाडिएको प्रहरीले जनाएको छ ।

भदौ २३ र २४ मा भएका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगले दुवै जनाविरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । सोही सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि ओली र लेखकलाई चैत १४ मा नियन्त्रणमा लिइएको थियो ।

हाल दुवै जनालाई अनुसन्धानको प्रक्रियामा सहयोग गर्नुपर्ने शर्तसहित रिहा गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

नर्क पुग्ने बाटो पनि स्वर्गै जाउँला भनेर बनाइन्छ

नर्क पुग्ने बाटो पनि स्वर्गै जाउँला भनेर बनाइन्छ

प्रत्येक कानून व्यवसायीसँग दुईवटा परिचयपत्रहरू हुन्छन् । पहिलो, आफूसम्बद्ध बार एकाइले दिएको र दोस्रो,...

विदेशबाटै शेरबहादुर देउवाले भने– हाम्रो सम्पत्तिको यथार्थ विवरण सरकारी निकायमा छ

विदेशबाटै शेरबहादुर देउवाले भने– हाम्रो सम्पत्तिको यथार्थ विवरण सरकारी निकायमा छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भएको थाहा...

ट्रम्पको चेतावनीपछिका १२ घण्टा र युद्ध रोक्ने १० बुँदे प्रस्ताव

ट्रम्पको चेतावनीपछिका १२ घण्टा र युद्ध रोक्ने १० बुँदे प्रस्ताव

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएको ठीक १२ घण्टाभित्रै इजरायल(इरान(अमेरिका...

विद्यार्थीमाथि शोषण र दुर्व्यवहार भयो ? गुनासो टिपाउनोस्

विद्यार्थीमाथि शोषण र दुर्व्यवहार भयो ? गुनासो टिपाउनोस्

काठमाडौँ । शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध सरकारले शून्य...