विद्यार्थीमाथि शोषण र दुर्व्यवहार भयो ? गुनासो टिपाउनोस्

जस नेपाल

२५ चैत २०८२

विद्यार्थीमाथि शोषण र दुर्व्यवहार भयो ? गुनासो टिपाउनोस्

काठमाडौँ । शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध सरकारले शून्य सहनशीलता अपनाउने भएको छ । यसका लागि शिक्षा मन्त्रालयले गुनासो सुनुवाईको संयन्त्रसमेत बनाएको छ ।

शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार एक सूचना जारी गर्दै पीडितहरुलाई गुनासो दर्ता गर्न आग्रह गरेका छन् ।

‘शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालय शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति अङ्गीकार गर्दछ’ मन्त्री पोखरेलले भनेका छन्, ‘विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ।’

गुनासो प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने मन्त्री पोखरेलले प्रतिबद्धता जनाएका छन् ।

उनले भनेका छन्, ‘निर्धक्क भई तल दिइएको लिंक मार्फत आफ्नो विवरण उपलब्ध गराउनुहुन सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक आह्वान गरिन्छ। सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस अभियानमा यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ।

गुनासो दर्ताका लागि लिंक (क्लिक गर्नुहोस्)

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...