मन्त्रिपरिषद् विस्तार : उद्योगमा गौरीकुमारी यादव र श्रममा रामजी यादव नियुक्त

जस नेपाल

२७ चैत २०८२

मन्त्रिपरिषद् विस्तार : उद्योगमा गौरीकुमारी यादव र श्रममा रामजी यादव नियुक्त

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका हुन् ।

​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई मन्त्री बनेको १४ औँ दिनमा पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै पदबाट बर्खास्त गरेका थिए ।

उद्योग मन्त्रालय भने अहिलेसम्म खाली थियो ।

यससँगै अब मन्त्रिपरिषद १६ सदस्यीय बन्न पुगेको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री शाहले आफैंसँग राखेका छन् ।

सम्बन्धित खवर

चैत्र मसान्तदेखि यहाँ ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’ भनेर विज्ञापन गर्न निषेध

चैत्र मसान्तदेखि यहाँ ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’ भनेर विज्ञापन गर्न निषेध

काठमाडौँ । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)...

१४ दिनमै पदमुक्त भए श्रममन्त्री साह

१४ दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह मन्त्री बनेको १४ दिनमै पदमुक्त...

९-५ को कार्यालय समय : कर्मचारी आमाबाबुलाई न्याय भयो सरकार ?

९-५ को कार्यालय समय : कर्मचारी आमाबाबुलाई न्याय भयो सरकार ?

कार्यालय समयबारे सरकारले गरेको निर्णय र फागुन २१ मा भएको चुनावमा ६ महिनाकी छोरी...

योजना आयोग उपाध्यक्षमा डा. भट्ट र डेपुटी गभर्नरमा पण्डित नियुक्त

योजना आयोग उपाध्यक्षमा डा. भट्ट र डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौँ । आज (मङ्गलबार) बसेको मन्त्रिपरिषद्‌ बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट...