१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

जस नेपाल

२३ वैशाख २०८३

१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त १० वटा सहकारीका ९१ जना ठूला ऋणीहरूको नाममा सार्वजनिक गरेको छ ।

समितिले बुधबार सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुनबमोजिम असुली गरिने जनाइएको छ ।

साथै, अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न समितिले आग्रह गरेको छ ।

समितिले बुधबार घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै ऋण तिर्न ताकेता गरेको हो ।

त्यस्तै, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीहरुको नाम पनि सार्वजनिक गरिएको छ ।
ऋणीहरूको नाम यस प्रकार रहेको छ ।

हेर्नुहोस् ऋण नतिर्नेहरुको नामावली-

सम्बन्धित खवर

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

काठमाडौँ । राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्न माग गर्दै दायर परमादेशको...

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने...

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ।नियमित गस्तीमा रहेको प्रहरीको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई...

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई...