बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

जस नेपाल

२३ असार २०८३

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुँरास बचत तथा ऋण सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।

यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिए । “असारको २७ गतेदेखि मसान्तसम्म साना बचतकर्तालाई रकम फिर्ता गर्ने योजना बनाइएको छ, अहिले बचतकर्ताको विवरण ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ”, उनले भने ।

बचतकर्तालाई रकम फिर्ता गर्न करिब रु नौ करोड जम्मा भइसकेको छ । ती सहकारीका साना बचतकर्ताहरूलाई अनामनगरस्थित समितिका कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका रु एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई रु १० हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिए ।

समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

सम्बन्धित खवर

नक्कली प्रमाणपत्र बुझाएर बालविकास सहजकर्ताको जागिर, लाग्यो भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्र बुझाएर बालविकास सहजकर्ताको जागिर, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बालविकास सहजकर्ताको जागिर खाएकी एक महिलाविरुद्ध भ्रष्टाचार...

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ३९ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ३९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडाैँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा...

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै नेपालीलाई ठगी गर्ने भारतीय नागरिक पक्राउ

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै नेपालीलाई ठगी गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको...

जिप्रका मकवानपुरले भन्यो – रातको समयमा कान्ति लोकपथबाट यात्रा नगर्नू

जिप्रका मकवानपुरले भन्यो – रातको समयमा कान्ति लोकपथबाट यात्रा नगर्नू

हेटौँडा । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको समयमा यात्रा...