वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पूर्ण सफाइ

जस नेपाल

२० जेठ २०८३

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पूर्ण सफाइ

काठमाडौँ । वैवाहिक बलात्कारको आरोप लागेका दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले अन्ततः सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन् । 

मंगलबार न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उच्च अदालत पाटनले दिएको सफाइको फैसलालाई सदर गर्दै गिरीलाई पूर्ण रूपमा मुक्त गरेको हो । यो निर्णयसँगै न्यायाधीश गिरीमाथि लागेको बलात्कारको आरोप औपचारिक रूपमा खारेज भएको छ ।

पूर्वपत्नी आरती रावल गिरीले सहमतिबिना शारीरिक सम्बन्ध राखेको र जबर्जस्ती करणी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०८१ जेठमा गिरीलाई दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना सुनाएको थियो । 

तर जिल्ला अदालतको फैसलाविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेपछि ३१ चैत २०८१ मा उच्च अदालतले उनलाई सफाइ दिएको थियो ।

उच्च अदालतको उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंगलबार उच्चको फैसलालाई सदर गरेको हो ।

मुद्दाको क्रममा न्यायाधीश गिरी पटक-पटक धरौटीमा छुटे पनि एक चरणमा सर्वोच्चले थुनामा राख्न आदेश दिएको थियो ।

पूर्वपत्नीले बहसका क्रममा  इजलासमै विष सेवन गरेपछि अदालतले मुद्दालाई थुनामा राखेर हेर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

काठमाडौँ ।  ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा टिकटकर तुल्सा अधिकारीलाई ललितपुर जिल्ला...

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले न्याय परिषद्लाई संविधान र कानूनले तोकेको समयसीमाभित्र न्यायाधीश नियुक्तिको सिफारिस...

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व  न्यायाधीश फोरमको निर्णय

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व न्यायाधीश फोरमको निर्णय

काठमाडौँ  । पूर्व न्यायाधीश फोरम नेपालले निवृत्त न्यायाधीशहरूले नयाँ गठित सम्पत्ति छानबिन आयोगमा सम्पत्ति...

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य...