नयाँदिल्ली । नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली भारत पुगेको छ । भारतमा नेपालसहित विभिन्न देशका प्रधानन्यायाधीश र बरिष्ठ न्यायाधीशहरु भेला भएका छन् ।
संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय व्यापार कानुन आयोग (UNCITRAL) को ६० औँ वार्षिकोत्सवमा सहभागी हुन विभिन्न देशका न्यायाधीशहरु भारत पुगेका हुन् ।
भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले भ्रमणमा आएका विशिष्ट अतिथिहरूलाई स्वागत गरे ।
प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माका साथै बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीश तथा ब्राजिल र केन्याका न्यायाधीशहरू सहभागी छन् ।
भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणिले प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारतलाई विविध परम्परा र न्यायिक मूल्य-मान्यताको संगमस्थल भएको बताए ।
भारतको सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास सिंहले पनि भ्रमणमा आएका न्यायाधीशहरूलाई स्वागत गरे ।
सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा स्थापित आयोग अन्तर्राष्ट्रिय व्यापार कानूनको सामञ्जस्यता र आधुनिकीकरणका लागि जिम्मेवार निकाय हो।
यस आयोगको उद्देश्य अन्तर्राष्ट्रिय व्यावसायिक कानूनका विकासहरूबारे छलफल गर्नुका साथै न्यायाधीशहरू, सरकारहरू, शिक्षाविद्हरू र मध्यस्थता विज्ञहरूलाई एक ठाउँमा ल्याउनु पनि हो।
यो पनि-

