गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

जस नेपाल

२२ जेठ २०८३

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साहलाई पक्राउ गरिएको हो ।

यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ का पशुपति राईलाई पक्राउ गरिएको हो । उनीहरु सबैलाई गत बुधबार र बिहिबार राति पक्राउ गरिएको हो । अभियुक्तहरुबाट नगद रु ३१ लाख ८० हजार बरामद भएको छ ।

सम्बन्धित खवर

मोबाइल नदिएको निहुँमा साथीको हत्या

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ...

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’अन्तर्गत स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने...

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

झापा ।  शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।...