शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

जस नेपाल

८ साउन २०८३

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

झापा ।  शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । उनीहरु बिहीबार साँझ भद्रपुर नगरपालिका -५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्ज जिल्ला वडा नं १२ बस्ने मोहित आलम, उनकी श्रीमती   जेनेतुन खातुन, छोरा सोहेल आलम तथा सोही अटोमा सवार  मोहम्मद तजरुल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटो शङ्कास्पद देखिएपछि जाँच गर्दा शिशुले लगाएको डाइपरभित्र राखिएको खैरो हेरोइन फेला परेको हो । बरामद गरिएको खैरो हेरोइनको तौल झन्डै १० ग्राम रहेको छ ।

सम्बन्धित खवर

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ...

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’अन्तर्गत स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने...

अभियन्ता वेदिका केसी पक्राउ

अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौं । अभियन्ता वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोले विद्युतीय कसुरसम्बन्धी...

५ लाख घुससहित सिरहाका कर अधिकृत पक्राउ

५ लाख घुससहित सिरहाका कर अधिकृत पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ...