यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको निर्देशन

जस नेपाल

१२ असार २०८३

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रियरअन्तरराष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रुपमा कार्यान्वयन गरी यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरेको छ ।

आयोगका सहायक श्यामबाबु काफ्लेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा यातानापीडितलाई न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “यातनाजन्य घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान, दोषीउपर कानुनबमोजिम कारबाही तथा पीडितलाई प्रभावकारी उपचार, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था सुनिश्चित गरी राज्को राष्ट्रिय र अन्तरराष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकारले थप प्रयास गर्न जरूरी देखिएको छ ।”

नेपालले यातनाविरुद्धको महासन्धिको अनुमोदन गरिसकेपछि संयुक्त राष्ट्रसङ्घको यातनाविरुद्धको समितिमा बुझाउनुपर्ने आवधिक प्रतिवेदन करिब दुईदशक लामो समयदेखि बुझाउन नसकेको, अन्तरराष्ट्रिय मञ्चहरूमा यातनाजन्य कार्यको बारेमा प्रश्न उठ्ने गरेको र पीडितले न्यायको अनुभूत गर्न नसकेको अवस्था रहेको आयोगको ठहर छ ।

आयोगले भनेको छ, “आयोगले यातना पीडितहरूको अधिकार संरक्षण एवम् संवद्र्धनका लागि सरकारलाई गरेका सिफारिसको कार्यान्वयन अवस्था सन्तोषजनक छैन, यस वर्ष हिरासत तथा कारागारको अनुगमनबाट क्षमता भन्दा बढी संख्यामा रहेका कैदीबन्दीहरुको व्यवस्थापन, विशेषतः कारागारिभत्र पानी, सरसफाई, शौचालय सहित आन्तरिक व्यवस्थापनमा सूधार हुन नसक्दा यातनाविरुद्धको अधिकार कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको पाइएको छ ।”

आयोगले यातना पीडितको अधिकार संरक्षणार्थ आयोगबाहेक संयुक्त राष्ट्रसङ्घीय संयन्त्रहरूबाट भएका सुझाव तथा सिफारिसहरुको कार्यान्वयन अवस्था पनि सन्तोषजनक नभएको र सशस्त्र द्वन्द्वका अधिकाँश यातनापीडितहरूले क्षतिपूर्ति पनि प्राप्त गर्न नसकेको अवस्था कायम रहेको जनाएको छ ।

यातनापीडितहरूको सहयोगार्थ अन्तरराष्ट्रिय दिवस ९जून २६० को अवसरमा यातनातथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार, दण्ड वा दुव्र्यवहारविरुद्धको शून्य सहनशीलतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै यातनापीडितहरूको अधिकार सम्मान, संरक्षणर संवद्र्धन गर्न आयोग नेपाल सरकार सहित सम्बद्ध सबै निकायहरूसँग हार्दिक अनुरोध समेत गरेको छ ।

सम्बन्धित खवर

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

बिराटनगर। मोरङको सिडियो कार्यालयको निर्णयलाई उधृत गर्दै जिल्लाका १७ वटै सबै स्थानीय तहले हालै...

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा...

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान...

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक...