सुप्रिम सहकारी ठगी मुद्दा : रवि लामिछानेलाई जमानत र धरौटीमा रिहा गर्न आदेश

२३ असार २०८३

सुप्रिम सहकारी ठगी मुद्दा : रवि लामिछानेलाई जमानत र धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जमानत र धरौटी गरी तीन करोड ६८ लाख रुपैयाँ बुझाएमा थुनामुक्त गर्न आदेश दिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारीको बचत दुरुपयोग प्रकरणमा उच्च अदालतकै आदेशले यसबीच रवि थुनामा थिए । उनले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्न पाऊँ भनी निवेदन गरेका थिए ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानकारी अनुसारस न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जमानतबापत दुई करोड ६८ लाख र धरौटीबापत एक करोड रुपैयाँ जम्मा गरे लामिछानेलाई रिहा गर्न आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत रूपन्देहीले गत माघ १३ गते एक करोड रुपैयाँ धरौटी राखेर लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो ।

उच्च अदालतले यसअघि जिल्ला अदालतको आदेश खारेज गर्दै लामिछानेलाई थुनामै राख्न आदेश दिएको थियो ।

पछिल्लो आदेश क्रममा उच्च अदालतले जिल्ला अदालतले मागेको धरौटी कायम राखेर तारेखमा रिहा गर्न आदेश गरेको हो ।

यस्ता छन्‌ चार सर्त

उच्च अदालतको इजलासले लामिछानेलाई रिहा गर्न चारवटा सर्त राखेको छ ।

सुरु जिल्ला अदालतले २०८१ माघ १३ मा मागेको धरौटी रकम स्वीकार गर्न, बिगोका हकमा बैङ्क ग्यारेन्टी राख्न, अदालतलाई पूर्व जानकारी दिएर मात्रै विदेश जान र मुद्दाको फैसला हुँदा बिगोका हकमा थप दायित्व तिर्न बुझाउन मञ्जुर रहेको भनी कागज गर्नुपर्ने शर्त स्वीकार्नुपर्ने आदेशमा लेखिएको छ ।

सम्बन्धित खवर

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ...

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा प्रहरी खोजी सूचीमा रहेकी फरार...

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौँ । संसारले गएको शुक्रबार (मे २९ मा) अन्तरराष्ट्रिय सगरमाथा दिवस मनायो । सन्‌...

लैङ्गिक उत्तरदायी बजेट : समानताको प्रयास, कार्यान्वयनमा चुनौती

लैङ्गिक उत्तरदायी बजेट : समानताको प्रयास, कार्यान्वयनमा चुनौती

काठमाडौँ । नेपालमा महिला र फरक लैङ्गिक पहिचान भएका नागरिकले युगौँदेखि अनेक पीडा र...