तलब कटौती गर्न खोजेको भन्दै निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन

२३ असार २०८३

हुम्ला । तोकिएभन्दा कम तलब दिन लागेको भन्दै निर्वाचन (म्यादी) प्रहरीले जिल्ला प्रशासन कार्यालय, हुम्लामा घेराउ गरेका छन्‌ । हुम्लामा सरकारले ५९५ जना निर्वाचन प्रहरी भर्ना गरेको छ ।

आफूहरूले पाउने तलब लगायत सेवासुविधा सरकारले तोकेभन्दा कम दिने भनिएको बताउँदै उनीहरू प्रशासन कार्यालयअघि भेला भई नाराबाजी गरेका हुन्‌ ।

सरकारले यो पटक खटिएका निर्वाचन प्रहरीलाई प्रतिदिन ८६९ रुपैयाँ ४० पैसा तलब दिने जनाएको छ । यो तलबमा भौगोलिक क्षेत्रअनुसार तोकिएको भत्ता पनि जोडेर निर्वाचन प्रहरीले कुल ४० दिनको पारिश्रमिक तथा सेवासुविधा पाउँछन्‌ । निर्वाचनको अघिल्लो दिनदेखि चार दिनसम्म खाजाखर्चबापत प्रतिदिन थप ३०० रुपैयाँ पनि प्राप्त गर्छन्‌ ।

सेवासुविधा सरकारले तोकिदिए पनि जिल्ला स्तरमा ‘घटाएर दिइने’ भनेपछि आफूहरूले प्रशासन कार्यालय घेराउ गरेको निर्वाचन प्रहरीहरूले बताएका छन्‌ । निर्वाचन सुरक्षा निम्ति खटाइएकाहरूले नै जिल्ला प्रशासन घेराउ गरेपछि कार्यालय सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

हुम्ला प्रशासनले निर्वाचन प्रहरीले गरेको प्रशासन घेराउको कारणबारे बुझिरहेको र घोषित सबै पारिश्रमिक तथा सेवासुविधा पाउने भएकाले आन्दोलन नगर्न आग्रह गरिएको जनाएको छ ।

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४...

जफत गरिएका सवारीसाधन कहिले फिर्ता हुन्छ ? कानूनले के भन्छ ?

काठमाडौँ । नेपालका विभिन्न जिल्लाका प्रहरी कार्यालय, ट्राफिक चेकपोस्ट र अदालत परिसरमा पुग्दा एउटा...

अदालतले कहिलेसम्म ‘थोरै बजेट’मै न्याय दिने ? विश्वका विभिन्न देशबाट सिक्ने कि !

अदालतले कहिलेसम्म ‘थोरै बजेट’मै न्याय दिने ? विश्वका विभिन्न देशबाट सिक्ने कि !

काठमाडौँ । देशको वार्षिक बजेट आज सार्वजनिक हुँदैछ । सडक, पूर्वाधार, ऊर्जा र विकासका...