राजस्व अनुसन्धानका पूर्वडीजी अधिकारीले लिएको ७० लाख घुसमा १० व्यक्ति र बैंकसमेत जोडिए

जस नेपाल

२३ असार २०८३

काठमाडौँ । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले लिएको ७० लाख रुपैयाँ घुस व्यवस्थापन गर्न १० व्यक्ति र बैंकसमेत जोडिएको पाइएको छ ।

आज (आइतबार) विशेष अदालतमा उल्लेखित घुस प्रकरणमा अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसररिसबतको समग्र कारोबारमा संलग्न व्यक्ति र संस्थासमेतको संलग्नता उजागर गरिदिएको हो ।

विभागका तत्कालीन महानिर्देशक अधिकारीले एच.के. इन्टरप्राइजेज प्रालिलाई राजस्व चुहावट सम्बन्धी छानबिन तथा अन्य कसुरमा जोगाउन सहजीकरण गरेबापत उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट सत्तरी लाख रुपैयाँ घुस लिएका थिए ।

आयोगका अनुसारस उक्त घुस रकम लिन र व्यवस्थापन गर्न अधिकारीले देवेन्द्र केसी र रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा निजहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गरी गराई तहिकरण गरी गरेको पाइएको छ ।

यसरी रकम तहिकरण गरी घुस रिसवत रकमको स्वरूप परिवर्तन गरी गराई अधिकारीले भक्तपुरको थिमी नगरपालिका – २० स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नम्बर ९८८ को १६४.१४ वर्गमिटर जग्गा खरिद गरेका थिए । साथै; देवेन्द्र केसी समेत सञ्‍चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा उक्त घुस रकम प्रयोग गरेको तथ्य पुष्टि भएको आयोगले जानकारी दिएको छ ।

आयोगको प्रेस विज्ञप्ति :

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌...

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

काठमाडौँ । सरकारले बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा गरेको छ । संघीय...

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ...