काठमाडौं जिल्ला अदालतमा असार ३० देखि नौ दिन नयाँ मुद्दा दर्ता नहुने

जस नेपाल

२९ असार २०८३

काठमाडौं जिल्ला अदालतमा असार ३० देखि नौ दिन नयाँ मुद्दा दर्ता नहुने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना निर्माण, आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तयारी तथा नयाँ दायरी सार्नेलगायत व्यवस्थापकीय कामका कारण एक सातासम्म नयाँ मुद्दा दर्ता स्थगित गर्ने भएको छ ।

अदालतले आइतबार सूचना जारी गर्दै असार ३० गतेदेखि साउन ६ गतेसम्म हदम्याद व्यतीत हुने प्रकृतिका मुद्दाबाहेक अन्य नयाँ मुद्दा दर्ता बन्द रहने जनाएको हो ।

अदालतका अनुसार उक्त अवधिमा नयाँ आर्थिक वर्षका लागि दायरी सार्ने, वार्षिक कार्ययोजना तयार गर्ने, वार्षिक प्रतिवेदन निर्माण तथा मुद्दाको अभिलेख व्यवस्थापनसम्बन्धी प्रशासनिक कार्य गरिनेछ । हदम्याद समाप्त हुने प्रकृतिका मुद्दाको दर्ता भने यथावत् सञ्चालन हुने अदालतले स्पष्ट गरेको छ ।

अदालतका श्रेस्तेदार (उपसचिव) धनेन्द्र अधिकारीद्वारा जारी सूचनाअनुसार साउन ७ गते बिहीबारदेखि नयाँ मुद्दा दर्ता नियमित रूपमा सञ्चालन हुनेछ ।

यसैबीच, सर्वेच्च अदालत पनि केही दिन प्रभावित हुने भएकाे छ । जस नेपालसँग कुरा गर्दै सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले भने, ‘नयाँ आर्थिक वर्षको सुरुवातमा मुद्दा व्यवस्थापनका कार्यका लागि सर्वाेच्च अदालतमा मात्र नभई देशभरका अन्य अदालत पनि प्रभावित हुन्छन् । याे नियमित प्रक्रिया हाे ।’

पाण्डेका अनुसार यस अवधिमा अदालतहरूले पुरानो आर्थिक वर्षका मुद्दाको अभिलेख व्यवस्थापन, नयाँ दायरीमा विवरण स्थानान्तरण तथा अन्य प्रशासनिक काम सम्पन्न गर्ने गरेका छन् ।

हेर्नुहाेस् सूचना :

सम्बन्धित खवर

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...

प्रतिनिधिसभामा तीन वटा विधेयक  प्रस्तुत

प्रतिनिधिसभामा तीन वटा विधेयक प्रस्तुत

काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरेको छ । सिंहदरबारमा सोमबार...

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र...

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...