स्वावलम्बन लघुवित्तका पूर्वसीईओ नरेन्द्र सिंह विष्टको पुनर्नियुक्ति यथावत, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

जस नेपाल

११ साउन २०८३

स्वावलम्बन लघुवित्तका पूर्वसीईओ नरेन्द्र सिंह विष्टको पुनर्नियुक्ति यथावत, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट हटाउने संस्थाको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतले संस्थाको सञ्चालक समितिको निर्णय हाललाई कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न आदेश दिएपछि नरेन्द्र सिंह विष्टलाई तत्कालका लागि राहत मिलेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले आइतबार (२०८३ साउन ११) रिट नम्बर ०८३-WO-००२७ मा उत्प्रेषणको आदेश माग गर्दै दायर रिट निवेदनमा उक्त अन्तरिम आदेश जारी गरेको हो। निवेदक नरेन्द्र सिंह विष्टले नेपाल राष्ट्र बैंकसहित स्वावलम्बन लघुवित्तलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

अदालतले स्वावलम्बन लघुवित्तको सञ्चालक समितिको २०८३ साउन ६ गतेको ४८८औं बैठकको निर्णय नम्बर ४(क) र सोही निर्णयका आधारमा जारी गरिएको सीईओको पुनर्नियुक्ति तथा करारनामा रद्दसम्बन्धी पत्र हाललाई कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न आदेश दिएको छ। यो आदेश सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (ख) बमोजिम जारी गरिएको हो ।

अदालतले प्रत्यर्थीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ भने अन्तरिम आदेशसम्बन्धी थप छलफलका लागि २०८३ साउन १८ गते पेसी तोकेको छ । यसबीचमा विष्टको पुनर्नियुक्ति रद्द गर्ने निर्णय कार्यान्वयन हुन नपाउने भएको छ ।

 हेर्नुहोस् सर्वोच्चको आदेश – 

सम्बन्धित खवर

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीले झुट्टा विवरण पेस...

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

काठमाडौँ । सुनकोशी गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ का केही प्रावधान संघीय शिक्षा नियमावलीसँग...

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड...

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

काठमाडौँ। श्रीमानको हत्यामा दोषी ठहर भएकी रोल्पाकी चान्ची घर्तीलाई सर्वोच्च अदालतको पूर्ण इजलासले जन्मकैदको...