सुनसरीको देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल 

जस नेपाल

११ साउन २०८३

सुनसरीको देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल 

काठमाडौँ । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

आयोगको प्रेस विज्ञप्तिअनुसार मिति ११ साउन २०८३ मा जारी वक्तव्यमा भनिएको छ;सुनसरीको देवानगञ्जमा पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद भएको थियो। डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुग्दा तोडफोड र झडप सुरु भयो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको आयोगको प्रारम्भिक अनुगमनमा पाइएको छ।

घाइतेहरूको उपचार न्युरो अस्पतालमा ४ जना, विराट नर्सिङ होममा ४ जना र नोबेल मेडिकल कलेजमा १ जना भइरहेको आयोगलाई जानकारी प्राप्त भएको छ। घटनापछि ठाउँठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीहरूले लाठी, रड लगायतका सामग्री बोकेर प्रदर्शन गरेको पाइएको छ। कप्तानगञ्जलगायतका स्थानमा स्थिति तनावग्रस्त भएपछि सुरक्षा नियन्त्रणका लागि सेना परिचालन गरिएको जानकारी आयोगले दिएको छ।

आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयसँग जानकारी लिँदै प्रारम्भिक अनुगमन गरिरहेको छ। 

आयोगले नेपाल सरकारलाई सुनसरीको शान्तिसुरक्षा मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न निर्देशन दिएको छ। साथै राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई शान्तिपूर्ण वार्ता र संवादमार्फत विवाद समाधान गरी सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ।

हेर्नुहोस् मानव अधिकार आयोगको विज्ञप्ति –

सम्बन्धित खवर

सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा पूर्ववडा अध्यक्षविरुद्ध मुद्दा

सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा पूर्ववडा अध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला धनुषा, विदेह नगरपालिका वडा नं. ५ का...

लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा गराएको आरोपमा मुद्दा दायर 

लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा गराएको आरोपमा मुद्दा दायर 

काठमाडौँ । अध्यागमन विभागको प्रणाली दुरुपयोग गरी लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा...

नेपाली टोली बुनाई गएको छ, हामी चाँडै ग्रे लिस्टबाट निस्किनेछौँ

नेपाली टोली बुनाई गएको छ, हामी चाँडै ग्रे लिस्टबाट निस्किनेछौँ

आर्थिक र वित्तीय अपराधहरूमा वा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अपराधहरूमा नेपालको अभियोजन र अनुसन्धान कमजोर...

५ मिनेटमै प्रश्नपत्र लिक : भारतमा मन्त्रीले राजीनामा दिए, नेपालमा के हुँदैछ ?

५ मिनेटमै प्रश्नपत्र लिक : भारतमा मन्त्रीले राजीनामा दिए, नेपालमा के हुँदैछ ?

काठमाडौँ । परीक्षा सुरु भएको पाँच मिनेटमै ह्वाट्सएपमा प्रश्नपत्र फैलियो । त्रिभुवन विश्वविद्यालयको एमबीएस...