कानून आयोग ऐन संशोधनमा सार्वजनिक सुझाव माग, सात दिनभित्र राय दिन मन्त्रालयको आग्रह

जस नेपाल

१२ साउन २०८३

कानून आयोग ऐन संशोधनमा सार्वजनिक सुझाव माग, सात दिनभित्र राय दिन मन्त्रालयको आग्रह

काठमाडौं  । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनका लागि तयार पारिएको विधेयकको मस्यौदामा सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै आफ्नो सुझाव पोर्टलमार्फत प्रकाशित मस्यौदामा प्रकाशन भएको मितिले सात दिनभित्र राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयका अनुसार कानून निर्माण प्रक्रियालाई थप सहभागितामूलक, पारदर्शी र व्यवहारिक बनाउन नागरिक तथा सरोकारवालाको सुझाव संकलन गर्न लागिएको हो ।

प्रस्तावित संशोधनमार्फत नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी गरिएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारी विधेयकहरूको तर्जुमा प्रक्रियालाई थप संस्थागत र उत्तरदायी बनाउन आयोगलाई सुदृढ बनाउने व्यवस्था गर्न लागिएको बताए । उनका अनुसार हाल कानून तर्जुमा परामर्शदाता तथा बाह्य निकायमार्फत हुँदै आएको मस्यौदा निर्माणको अभ्यास अन्त्य गर्दै आगामी दिनमा सरकारी विधेयकहरूको मस्यौदा आयोगबाटै तयार गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

मन्त्रालयले पछिल्लो समय विभिन्न विधेयकका मस्यौदामा सर्वसाधारणबाट राय तथा सुझाव संकलन गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएको जनाएको छ । यसबाट कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढ्नुका साथै गुणस्तरीय कानून निर्माणमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

यसैबीच, मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून सुधार तथा कानून निर्माण वर्ष (Law Reform Year)’ का रूपमा घोषणा गरेको छ । सो अभियानअन्तर्गत यस आर्थिक वर्षमा निर्माण गरिने १६६ वटा विधेयकहरूको सूची संघीय संसद्मा बुझाइसकेको मन्त्रालयले जनाएको छ ।

सर्वसाधारणबाट प्राप्त सुझावका आधारमा विधेयकमा आवश्यक परिमार्जन गरिनेछ । त्यसपछि अर्थ मन्त्रालयको राय लिएर विधेयक मन्त्रिपरिषद्मा पेश गरिनेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि विधेयक संघीय संसद्मा दर्ता हुनेछ । संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि उक्त विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

सम्बन्धित खवर

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौं । सङ्घीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको...

मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानून आवश्यक छ : प्रदेश प्रमुख कर्ण

मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानून आवश्यक छ : प्रदेश प्रमुख कर्ण

जनकपुरधाम । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी संरक्षणका लागि प्रदेश...

गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता

गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता

गण्डकी ।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन...

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ...