पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

जस नेपाल

२५ साउन २०८३

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोईरालाको इजलासले सोमबार विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा कार्कीसँग धरौटी माग गरेको हो ।

कार्कीले धरौटी तिर्न नसके थुनामा पठाउन आदेश दिएको छ ।

पोखरा विमानस्थल निर्माणका क्रममा ३ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढीको हानीनोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले कार्की विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कार्कीले अर्थमन्त्री रहँदा विमानस्थल निर्माण गर्ने क्रममा भएको खरिद सम्झौतामा ठेकेदार कम्पनीलाई कर लगायतका दायित्वबाट उन्मुक्ति दिई सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारको दाबी छ ।

विशेष अदालतले कार्कीलाई तत्काल प्राप्त प्रमाणका आधारमा उन्मुक्ति दिन नसकिने ठहर गर्दै पछि ठहरिए बमोजिम हुने गरी १५ लाख धरौटी मागेको हो ।

हेर्नुहाेस् आदेश :

सम्बन्धित खवर

LLM दोस्रो सेमेस्टरमा ७६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि डीन कार्यालयमा निवेदन

LLM दोस्रो सेमेस्टरमा ७६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि डीन कार्यालयमा निवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत एलएलएम दोस्रो सेमेस्टरको परीक्षामा १६७ परीक्षार्थीमध्ये १२९ जना...

सडकमा माटो खसालेर हिलाम्मे बनाउने कन्स्ट्रक्सनलाई ५० हजार जरिवाना

सडकमा माटो खसालेर हिलाम्मे बनाउने कन्स्ट्रक्सनलाई ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका–२, गैरीधारा क्षेत्रमा निर्माणाधीन घरबाट सडकमा माटो खसालेर सडक हिलाम्मे बनाउने...

संघ-संस्थाले बालबालिकालाई विदेश लैजान स्थानीय तहको सिफारिस र प्रशासनको स्वीकृति अनिवार्य

संघ-संस्थाले बालबालिकालाई विदेश लैजान स्थानीय तहको सिफारिस र प्रशासनको स्वीकृति अनिवार्य

काठमाडौं । कुनै संस्था वा निकायले बालबालिकालाई अध्ययन, अवलोकन, खेलकुद वा अन्य कार्यक्रमका लागि...

नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर 

नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष...