किशोर श्रेष्ठमाथिको अनुसन्धान जारी, हिरासत अवधि थपियो

जस नेपाल

१ भदौ २०८३

किशोर श्रेष्ठमाथिको अनुसन्धान जारी, हिरासत अवधि थपियो

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमाथि प्रहरीले गरिरहेको अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले थप चार दिनको हिरासत अनुमति दिएको छ ।

श्रेष्ठलाई यसअघि तीन दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइएको थियो । सो अवधि पूरा भएपछि प्रहरीले अनुसन्धानका लागि थप समय आवश्यक रहेको जनाउँदै अदालतसमक्ष म्याद थपको माग गरेको थियो । अदालतले प्रहरीको मागअनुसार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले गत बुधबार पक्राउ गरेको थियो ।

यता, श्रेष्ठको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि पनि सोमबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ ।

सम्बन्धित खवर

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान...

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालयले बी.ए.एल एल.बी (B.A.LL.B) कार्यक्रमको प्रवेश परीक्षाको...

साताको अदालत : बारको असन्तुष्टि, पूर्व प्रधानमन्त्रीसँग जवाफ मागदेखि उच्च अदालत पाटनको निर्वाचनसम्म

साताको अदालत : बारको असन्तुष्टि, पूर्व प्रधानमन्त्रीसँग जवाफ मागदेखि उच्च अदालत पाटनको निर्वाचनसम्म

काठमाडौँ । यो साता न्यायपालिकाभित्र परम्परा मिचेर राष्ट्रिय महत्वका मुद्दाहरू टिप्पणी आदेशमार्फत संवैधानिक इजलासमा...

पाटन बार निर्वाचन विवादित, स्वतन्त्र कानून व्यवसायी मञ्चले माग्यो पुनः चुनाव

पाटन बार निर्वाचन विवादित, स्वतन्त्र कानून व्यवसायी मञ्चले माग्यो पुनः चुनाव

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानून व्यवसायी मञ्चले उच्च...