सर्वोच्च अदालतमा एकैदिन ७०० पेसी, ३१० मुद्दामा फैसला

जस नेपाल

१२ साउन २०८३

सर्वोच्च अदालतमा एकैदिन ७०० पेसी, ३१० मुद्दामा फैसला

काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबार एकैदिन ७०० वटा मुद्दाको पेसी तोकिँदा ३१० वटा मुद्दामा फैसला भएको छ ।

अदालत प्रशासनका अनुसार आज ४० वटा आदेश जारी भएका छन् भने १९७ वटा मुद्दा स्थगित भएका छन् । त्यसैगरी १४१ वटा मुद्दा हेर्न नभ्याइने र १२ वटा मुद्दा हेर्न नमिल्ने सूचीमा परेका छन् ।

आज सर्वोच्च अदालतमा ११ वटा इजलास सञ्चालनमा रहेका थिए । तीमध्ये एउटा पूर्ण इजलास र बाँकी एकल तथा संयुक्त इजलासबाट मुद्दाको सुनुवाइ गरिएको थियो ।

सर्वोच्च अदालतको दैनिक तथ्यांकअनुसार आज कुल पेसीमध्ये ३१० मुद्दाको अन्तिम टुंगो लाग्दा बाँकी मुद्दा आदेश, स्थगित तथा अन्य कारणले निष्कर्षमा पुग्न सकेनन् ।

सम्बन्धित खवर

महान्यायाधिवक्ताको कार्यालयको चाैथाे पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक, तेस्रो याेजना ७१ प्रतिशत कार्यान्वयन

महान्यायाधिवक्ताको कार्यालयको चाैथाे पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक, तेस्रो याेजना ७१ प्रतिशत कार्यान्वयन

महान्यायाधिवक्ताको कार्यालयले आफ्ना कार्यसम्पादनहरूलाई रणनीतिक योजनासँग आबद्ध गरेर कार्य सम्पादन गर्ने कुराको प्रारम्भ २०६८...