चिकित्सकमाथि कुटपिटपछि देशभर स्वास्थ्य सेवा ठप्प, मानव अधिकार आयोगले भन्यो- अत्यावश्यक सेवा सुचारु गर

जस नेपाल

१२ साउन २०८३

चिकित्सकमाथि कुटपिटपछि देशभर स्वास्थ्य सेवा ठप्प, मानव अधिकार आयोगले भन्यो- अत्यावश्यक सेवा सुचारु गर

काठमाडौँ  । नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट र अस्पताल तोडफोडको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज देशभर नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

आयोगले स्थलगत अनुगमन गरेर जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल तोडफोडलाई निन्दनीय कार्य बताउँदै यसले अराजकतालाई प्रश्रय दिने र कानूनको शासनमा चुनौती खडा गर्ने उल्लेख गरेको छ । घटनापछि आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीहरू उपचारबाट वञ्चित भएको आयोगले जनाएको छ ।

स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्द गर्नु संविधानको धारा ३५ ले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक र उपभोक्ता अधिकार विपरीत भएको आयोगको ठहर छ । यसबाट आम नागरिकको स्वास्थ्य अधिकार कुण्ठित भएको भन्दै आयोगले नेपाल सरकारलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

साथै, आयोगले स्वास्थ्य सेवा सुचारु गर्न, विरोध जनाउँदा नागरिकको स्वास्थ्यमा असर नपर्ने वैकल्पिक उपाय अपनाउन र वार्तामार्फत समस्या समाधान खोज्न नेपाल सरकार, आन्दोलनरत चिकित्सक, मृतक परिवार तथा सबै पक्षलाई आग्रह गरेको छ । 

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालयले बी.ए.एल एल.बी (B.A.LL.B) कार्यक्रमको प्रवेश परीक्षाको...

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...