विशेष अदालतद्वारा शेखर गोल्छासँग १ करोड धरौटी माग, नदिए थुनामा राख्न आदेश

जस नेपाल

२६ साउन २०८३

विशेष अदालतद्वारा शेखर गोल्छासँग १ करोड धरौटी माग, नदिए थुनामा राख्न आदेश

काठमाडौँ  । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १ करोड रुपैयाँ धरौटी माग गरेको छ । अदालतले माग गरिएको धरौटी रकम वा सो बराबरको बैंक जमानत नदिए गोल्छालाई थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालत काठमाडौंको इजलास नं.१ ले नेपाल सरकार वादी र शेखर गोल्छा प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दामा यस्तो आदेश गरेको हो । इजलासमा अध्यक्ष न्यायाधीश माननीय वासुदेव आचार्य तथा सदस्य न्यायाधीश हेमन्त रावल र विदुर कोइराला थिए ।

अदालतको आदेशअनुसार अनुसन्धानका क्रममा संकलित प्रमाणका आधारमा गोल्छाको संलग्नता तथा भूमिका सम्बन्धमा थप प्रमाण परीक्षण गर्नुपर्ने देखिएको भन्दै मुद्दालाई पुर्पक्षका लागि अघि बढाइएको हो । अदालतले तत्कालका लागि १ करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत पेश गर्न भनेको छ ।

आदेशमा तोकिएको धरौटी रकम वा बैंक जमानत पेश नगरे विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम ९२० बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउनसमेत भनिएको छ ।

अदालतमा बयानका क्रममा गोल्छाले आफूले हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षका रूपमा कम्पनीको कारोबारमा प्रत्यक्ष भूमिका नखेलेको दाबी गरेका थिए ।

हेर्नुहाेस् आदेश :

सम्बन्धित खवर

चुलाचुली गाउँपालिका इन्जिनियर र लेखा अधिकृत ६ लाख घुससहित पक्राउ

चुलाचुली गाउँपालिका इन्जिनियर र लेखा अधिकृत ६ लाख घुससहित पक्राउ

काठमाडौँ । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्‌का र लेखा अधिकृत...

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...