मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

जस नेपाल

३० साउन २०८३

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।

कुनै पनि जनवर्गीय संगठन नबनाउने घोषणा गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने बारको चुनाब भइरहेको स्थलमा प्रवेश गरेपछि ‘यज्ञमणिलाई बाहिर निकाल’ भन्दै युवा कानून व्यवसायीले केहीबेर नाराबाजी नै गरे ।

बारको चुनावमा चासो राख्दै पुगेका सांसद न्यौपानेले गेटमा राखिएका कानून व्यवसायीको परिचयपत्र ‘मैले हेर्नुपर्छ’ भन्दै चेकजाँच गरेका थिए ।

उच्च बार पाटनको सदस्य नै नभएता पनि मतदानस्थलमा प्रवेश गरेका सांसद न्यौपानेले मतदानमा धाँधली भएको र अर्कै व्यक्तिका नाममा भोट खसालिएको आरोप लगाए । सांसद न्यौपानेलाई रास्वपा समर्थक स्वतन्त्र कानून व्यवसायी मञ्चका उम्मेदवार र समर्थकहरुले साथ दिए ।

मतदानमा धाँधली भएको आरोपपछि एकाएक तनावपूर्ण स्थिति सिर्जना भयो र करिब आधाघण्टा मतदान कार्य नै रोकियो ।

तनावका क्रममा प्रहरीले आफ्नो कालो कोट ध्वार्रै च्यातिदिएको एक कानून व्यवसायीको गुनासो छ ।

मतदानका क्रममा धाँधली भएको रास्वपा समर्थकहरुले आरोप लगाएका छन् । धाँधलीको आरोप लगाउँदै उनीहरुले विज्ञप्ति नै निकालेर मतदानसमेत बहिस्कार गरेको बताएका छन् ।

रास्वपा समर्थक कानून व्यवसायीले मतदान बहिस्कारको घोषणा गरे पनि केहीबेरको तनाब मथ्थर भएपछि मतदान नियमितरुपमा सञ्चालन भएको छ ।

मतदानका क्रममा एक व्यक्तिले झुक्किएर अर्को व्यक्तिको नाममा हस्ताक्षर गरेको तर फर्जी मतदान नभएको एमाले, कांग्रेस समर्थक कानून व्यवसायीहरुको तर्क छ ।

उच्च बार पाटनको सदस्य नै नरहेका सांसद यज्ञमणि न्यौपाने अनधिकृत रुपमा मतदानस्थलमा प्रवेश गरेर लफडा मच्चाएको उनीहरुको आरोप छ ।

अनधिकृत व्यक्तिलाई प्रवेश गर्न नदिइयोस् भन्दै युवाहरुले नाराबाजी गरेपछि सांसद न्यौपाने केहीबेर बसेर बाहिरिएका थिए । न्यौपानेले बारको विवाद बाहिर नलैजान र भिडियो नखिच्न पत्रकारलाई निर्देशनसमेत दिन भ्याए ।

मतदाताको विरोध र नाराबाजीपछि सांसद न्यौपाने केहीबेर साइड लागेर बसे । धाँधली भएको आरोप लगाउँदै सांसद न्यौपाने मतदानस्थलबाट बाहिरिएपछि कपिलवस्तुका रास्वपा सांसद मोहनलाल आचार्यले भने मतदानमा भाग लिए । आचार्य उच्च अदालत बार एशोसिएन पाटनका मतदाता हुन् ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले पनि मतदान गरेकी छन् ।

मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ ।

कुल १९ पदाधिकारीका लागि भएको निर्वाचनमा २ हजार २६५ जना कानून व्यवसायीहरु मतदाता रहेका छन् । निर्वाचन समितिका अनुसार कुल १५ सय ३४ मत खसेको छ ।

एमाले समर्थक प्रगतिशील पेशागत कानून व्यवसायी संगठन पीपीएलए, कांग्रेस समर्थक लोकतान्त्रिक कानून व्यवसायी समूह डीएलए र रास्वपा समर्थक स्वतन्त्र कानून व्यवसायी मञ्चका तीनवटा बेग्लाबेग्लै प्यानल बनाएर ४५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

रास्वपा सांसद यज्ञमणि न्यौपानेले मतदानस्थलमा अनधिकृतरुपमा प्रवेश गरेर हुलदंगा मच्याएको युवा कानून व्यवसायीहरुको आरोप छ । ७ जना युवा कानून व्यवसायीले हुलदंगामा सहभागी हुने सांसद न्यौपानेमाथि कारबाहीको माग समेत गरेका छन् ।

 

भिडियो-

मतदानस्थलका केही तस्बिरहरु-

सम्बन्धित खवर

शेखर गोल्छालाई किन मागियाे १ करोड धरौटी ? विशेष अदालतको आदेशमा के छ ?

शेखर गोल्छालाई किन मागियाे १ करोड धरौटी ? विशेष अदालतको आदेशमा के छ ?

काठमाडौं । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १ करोड रुपैयाँ धरौटीमा...

पत्रकार श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी...

सडकमा माटो खसालेर हिलाम्मे बनाउने कन्स्ट्रक्सनलाई ५० हजार जरिवाना

सडकमा माटो खसालेर हिलाम्मे बनाउने कन्स्ट्रक्सनलाई ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका–२, गैरीधारा क्षेत्रमा निर्माणाधीन घरबाट सडकमा माटो खसालेर सडक हिलाम्मे बनाउने...

संघ-संस्थाले बालबालिकालाई विदेश लैजान स्थानीय तहको सिफारिस र प्रशासनको स्वीकृति अनिवार्य

संघ-संस्थाले बालबालिकालाई विदेश लैजान स्थानीय तहको सिफारिस र प्रशासनको स्वीकृति अनिवार्य

काठमाडौं । कुनै संस्था वा निकायले बालबालिकालाई अध्ययन, अवलोकन, खेलकुद वा अन्य कार्यक्रमका लागि...