पत्रकार श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश

जस नेपाल

२९ साउन २०८३

पत्रकार श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

इजलासले जनआस्थाको कार्यालयबाट प्रहरीले जफत गरेको ल्यापटप, कम्प्युटर, मोबाइल तथा अनुसन्धानसम्बन्धी फाइलसहित श्रेष्ठलाई अदालतमा उपस्थित गराउन भनेको छ । साथै, उनलाई थुनामा राख्नु नपर्ने भए त्यसको आधार र कारणसहित लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ ।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले उनलाई हिरासतमा राखेको छ ।

सम्बन्धित खवर

उच्च बार पाटनका २३६५ मतदाता वकीलको पूर्ण विवरण

उच्च बार पाटनका २३६५ मतदाता वकीलको पूर्ण विवरण

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको शनिबार हुने निर्वाचनमा २ हजार ३६५ जना...

उच्च बारमा चुनावी रौनक, ३ वटा प्यानलमा ४५ उम्मेद्वार (सूचीसहित)

उच्च बारमा चुनावी रौनक, ३ वटा प्यानलमा ४५ उम्मेद्वार (सूचीसहित)

पाटन । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचन शनिबार हुँदैछ । कार्यसमिति र पार्षद...

यी हुन् नयाँ पुस्ताका २६ ‘ट्यालेन्ट’ वकील (नामावलीसहित)

यी हुन् नयाँ पुस्ताका २६ ‘ट्यालेन्ट’ वकील (नामावलीसहित)

काठमाडौँ । नेपाल बार काउन्सिलले २६ जना नवोदित वकीलहरुलाई सम्मान गरेको छ । नेपाल...

जग्गा मिचेर बनाइएको सडक कायम, तर सरकारलाई जग्गा प्राप्ति ऐन संशोधन गर्न निर्देशनात्मक आदेश (पूर्णपाठ सहित )

जग्गा मिचेर बनाइएको सडक कायम, तर सरकारलाई जग्गा प्राप्ति ऐन संशोधन गर्न निर्देशनात्मक आदेश (पूर्णपाठ सहित )

काठमाडौँ । सर्वोच्च अदालतले निजी जग्गामा सहमति र कानूनी प्रक्रियाबिना सार्वजनिक सडक निर्माण गर्न...