सुप्रिम सहकारी ठगी मुद्दा : रवि लामिछानेलाई जमानत र धरौटीमा रिहा गर्न आदेश

३ पुष २०८२

सुप्रिम सहकारी ठगी मुद्दा : रवि लामिछानेलाई जमानत र धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जमानत र धरौटी गरी तीन करोड ६८ लाख रुपैयाँ बुझाएमा थुनामुक्त गर्न आदेश दिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारीको बचत दुरुपयोग प्रकरणमा उच्च अदालतकै आदेशले यसबीच रवि थुनामा थिए । उनले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्न पाऊँ भनी निवेदन गरेका थिए ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानकारी अनुसारस न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जमानतबापत दुई करोड ६८ लाख र धरौटीबापत एक करोड रुपैयाँ जम्मा गरे लामिछानेलाई रिहा गर्न आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत रूपन्देहीले गत माघ १३ गते एक करोड रुपैयाँ धरौटी राखेर लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो ।

उच्च अदालतले यसअघि जिल्ला अदालतको आदेश खारेज गर्दै लामिछानेलाई थुनामै राख्न आदेश दिएको थियो ।

पछिल्लो आदेश क्रममा उच्च अदालतले जिल्ला अदालतले मागेको धरौटी कायम राखेर तारेखमा रिहा गर्न आदेश गरेको हो ।

यस्ता छन्‌ चार सर्त

उच्च अदालतको इजलासले लामिछानेलाई रिहा गर्न चारवटा सर्त राखेको छ ।

सुरु जिल्ला अदालतले २०८१ माघ १३ मा मागेको धरौटी रकम स्वीकार गर्न, बिगोका हकमा बैङ्क ग्यारेन्टी राख्न, अदालतलाई पूर्व जानकारी दिएर मात्रै विदेश जान र मुद्दाको फैसला हुँदा बिगोका हकमा थप दायित्व तिर्न बुझाउन मञ्जुर रहेको भनी कागज गर्नुपर्ने शर्त स्वीकार्नुपर्ने आदेशमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

जेलकै भान्सामा भ्रष्टाचार, पाँच जनालाई लाग्यो मुद्दा

जेलकै भान्सामा भ्रष्टाचार, पाँच जनालाई लाग्यो मुद्दा

काठमाडौं । अदालतबाट दोषी ठहरिएपछि पुर्पक्षका लागि भ्रष्टाचारी समेतलाई राखिने जेलमै भ्रष्टाचार भएको दाबी...

सर्वोच्चसम्म आइपुगेको मानव बलीको मुद्दा

सर्वोच्चसम्म आइपुगेको मानव बलीको मुद्दा

काठमाडौं । संविधान बन्नुभन्दा करिब एक महिनाअघि अर्थात्, २०७२ भाद्र १ गतेको घटना ।...

सत्यकथा : बानेश्वरबाट उठाइएकी १४ वर्षकी बालिकाको उद्धार या अपहरण ?

सत्यकथा : बानेश्वरबाट उठाइएकी १४ वर्षकी बालिकाको उद्धार या अपहरण ?

देशको राजधानी काठमाडौंमा सार्वजनिक बसभित्रै कस्तोसम्म घटना हुँदोरहेछ भन्ने थाहा पाउँदा तपाईको होस उड्न...

निर्मला पन्त सम्झाउने चारकोशे झाडीको घटना, प्रहरीले यसरी उधिन्यो १२ वर्षीया अंशु हत्याको गुत्थी

निर्मला पन्त सम्झाउने चारकोशे झाडीको घटना, प्रहरीले यसरी उधिन्यो १२ वर्षीया अंशु हत्याको गुत्थी

काठमााडौं । मोरङको लेटाङ नगरपालिकास्थित फँडानी एउटा शान्त गाउँ हो । चारकोशे झाडी (जंगल)...