बयानका लागि शुक्रबार उपस्थित हुन पूर्वगृहमन्त्री लेखकलाई आयोगको पत्र

८ पुष २०८२

बयानका लागि शुक्रबार उपस्थित हुन पूर्वगृहमन्त्री लेखकलाई आयोगको पत्र
काठमाडौ‌ं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सञ्चार माध्यमलाई दिएकाे जानकारीअनुसार लेखकलाई शुक्रवार बयान दिन उपस्थित हुन पत्र पठाइएको हो । आयोगले सो घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान लिइसकेको र अन्तिम चरणमा लेखकसहित पूर्व धानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरिरहेको छ ।
अध्यक्ष कार्कीका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई पनि औपचारिक पत्रमार्फत बयानका लागि बोलाउने आयोगको तयारी छ ।
आयोगले भदौ २३ र २४ गते भएका घटनाको सम्पूर्ण तथ्य संकलन गरी निष्कर्षमा पुग्ने तयारी गरिरहेको सेतोपाटीले लेखेको छ ।

सम्बन्धित खवर

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट : सुनुवाइ आगामी मंगलबार हुने

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट : सुनुवाइ आगामी मंगलबार हुने

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर...

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको निर्देशन

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रियरअन्तरराष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रुपमा कार्यान्वयन गरी यातनापीडितको न्यायमा...

आज पनि बस्न सकेन प्रतिनिधिसभा, अर्को बैठक शनिबार

आज पनि बस्न सकेन प्रतिनिधिसभा, अर्को बैठक शनिबार

काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबारका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका...

टेस्लाको ‘अटो ड्राइभ मोड’ले निम्त्याएको दुर्घटना : मृतक परिवार अदालतमा, कारबाही कसलाई गर्ने ?

टेस्लाको ‘अटो ड्राइभ मोड’ले निम्त्याएको दुर्घटना : मृतक परिवार अदालतमा, कारबाही कसलाई गर्ने ?

काठमाडौँ । प्रविधिको विकाससँगै सवारी साधन क्षेत्रमा पनि नयाँ-नयाँ वैज्ञानिक प्रविधिको प्रयोग तीव्र रूपमा...