निजी विद्यालयको शुल्क नियमनमा भारत सरकारलाई अदालतबाट राहत

२४ पुष २०८२

निजी विद्यालयको शुल्क नियमनमा भारत सरकारलाई अदालतबाट राहत

दिल्ली । भारत सरकारलाई निजी विद्यालयको शुल्क नियमन गर्ने बाटो खुलेको छ । शुल्क नियमन गर्न समिति गठन गर्ने सरकारी आदेशलाई रोक्न निजी विद्यालय सञ्चालक अदालत पुगे पनि दिल्ली उच्च अदालतले त्यस्तो आदेश दिन अस्वीकार गरेको हो ।

उच्च अदालतले कतैबाट सहायता प्राप्त नगरेका निजी विद्यालयहरूको शुल्क संरचना नियमन गर्न र विद्यालयहरूले अवाञ्छित नाफा कमाएको छ कि छैन भनेर जाँच गर्न समितिहरू गठन गर्ने दिल्ली सरकारको आदेशलाई अन्तरिम रोक लगाउन अस्वीकार गरिदिएको हो ।

अदालतले सरकारको उक्त कदमलाई तत्काल रोक्न आवश्यक नभएको ठहर गर्दै ती समितिहरू गठन गर्ने समयसीमा भने विस्तार गरेको छ । अदालतको निर्देशन अनुसार भारत सरकारले जनवरी २० सम्ममा यस्ता समितिहरू गठन गरिसक्नुपर्नेछ ।

दिल्ली सरकारको शिक्षा निर्देशनालयले निजी विद्यालयहरूले लिने शुल्कको पारदर्शिता सुनिश्चित गर्न र अभिभावकहरूलाई आर्थिक शोषणबाट जोगाउन यस्ता समितिहरू बनाउने निर्णय गरेको थियो ।

सुनुवाइका क्रममा अदालतले शिक्षा निर्देशनालयसँग निजी विद्यालयहरूले लिने शुल्क नियमन गर्ने अधिकार रहेको आदेशमा उल्लेख गरेको छ । अदालतले सरकारलाई समिति गठनको प्रक्रिया पूरा गर्न थप समय प्रदान गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढाउन भनेको छ।

निजी विद्यालय सञ्चालकहरूले सरकारको यस कदमले उनीहरूको स्वायत्ततामा दखल पुर्‍याउने भन्दै विरोध जनाएका थिए। यद्यपि, अदालतको यो निर्णयले विद्यालय शुल्कमा सरकारको निगरानी हुने प्रकृयालाई निरन्तरता दिएको छ ।

सम्बन्धित खवर

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब...

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

काठमाडौँ । अमेरिकी संसद अन्तर्गत कार्य गर्ने कंग्रेसनल रिसर्च सर्भिस (CRS) ले आफ्ना देशका...