काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएका ४४ उम्मेदवारको जाँचबुझ सुरु गरेको छ ।
माघ ११ हुने निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र गरी ४४ उम्मेदवारले मनोनयनपत्र दर्ता गरिसकेका छन् । आयोगले आज (पुस २४) देखि पर्सीसम्म ती उम्मेदवारको जाँचबुझ गर्नेछ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आज दिनभर उम्मेदवारको विरुद्धमा उजुरी दिने समय हो । भोलि र पर्सी आयोगले मनोनयनपत्र र त्यसमा परेका उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्नेछ ।
उम्मेदवारहरूले पुस २७ गते नाम फिर्ता लिन सक्नेछन् । उक्त प्रकृया पूरा गरी आयोगले त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
अन्तिम नामावली प्रकाशन भएको भोलिपल्ट पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी आयोगले दिएको छ ।
उम्मेदवारको मनोनयनपत्रको विवरण :


