राष्ट्रिय सभा अधिवेशन माघ ४ मा बोलाउन मन्त्रिपरिषद्‌को सिफारिस

२८ पुष २०८२

राष्ट्रिय सभा अधिवेशन माघ ४ मा बोलाउन मन्त्रिपरिषद्‌को सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्‌ बैठकले राष्ट्रिय सभा अधिवेशन आह्वान लगायत विभिन्न ६ निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएको जानकारी अनुसार; सरकारले वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३-२०८६/८७) पनि स्वीकृत गरेको छ । यसैगरी अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले सन्‌ २०२४ मा बुझाउनुपर्ने वार्षिक योगदान बापतको दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिएको छ ।

२०२५ मार्चमा चलेको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध प्यागोडाको अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनःनिर्माण निम्ति तीन लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्‌ बैठकले गरेको छ ।

बैठकले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गर्ने र गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित खवर

हर्क, बालेन र रेनुले राजीनामा नदिई चुनाव लडे के हुन्छ ?

हर्क, बालेन र रेनुले राजीनामा नदिई चुनाव लडे के हुन्छ ?

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते प्रत्यक्षतर्फ...

संविधानमा बाल हक, कानूनमा विदेशीलाई दान !

संविधानमा बाल हक, कानूनमा विदेशीलाई दान !

काठमाडौँ । हाम्रो राज्यसत्ता बालबालिकाप्रति कति अनुदार छ भन्ने तथ्य हेर्ने हो भने पुरानो...

बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता जारी

बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता जारी

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ...

निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर...