निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै सर्वोच्चमा रिट

२९ पुष २०८२

निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

रिटमा निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार माघ ६ गते हुने प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनलगायत सम्पूर्ण निर्वाचन कार्यक्रम तत्काल स्थगन गर्न माग गरिएको छ। निर्वाचन कार्यक्रम अघि बढेमा प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी यसअघि दायर रिट प्रभावित हुने दाबी निवेदकको छ।

शर्माका अनुसार माघ ६ गते निवेदकलाई अदालतमा उपस्थित हुन भनिएकाे छ। शर्माले यस अघि नै प्रधानमन्त्री सुशिला कार्कीले गरेकाे प्रतिनिधिसभा विगठन गैरसंवैधानिक भएकाे भन्दै सर्वाेच्चमा रिट दर्ता गरेका थिए । जस नेपलसँग कुरा गर्दै अधिवक्ता शर्माले भने ‘संसद विगठनको मुद्दा अन्तिम किनारा नलेगेसम्म निर्वाचन आयोगकाे निर्वाचनसम्बन्धी सबै गतिविधि रोक्न माग गर्दै रिट दर्ता गरेको हुँ । यसरी गैरसंवैधानीक तवरले भएको विगठनको मुद्दा टुङ्गो नलागी निर्वाचन गर्दा राज्यलाई कुनै भार नपरोस भनेर रिट हालेको हुँ ।’

आयोगको कार्यतालिकाअनुसार मनोनयन, उजुरी, जाँचबुझ, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न वितरणका कार्यक्रम क्रमशः माघ ६ देखि ९ गतेसम्म तय गरिएको छ।

 

 

सम्बन्धित खवर

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल...