वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

१ माघ २०८२

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ बस्ने ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१० का ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीको मालारानी गाउँपालिका–१ का ४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७ का ४९ वर्षीय रेशमलाल लामा तामाङ र काठमाडौँ महानगरपालिका–१७ की ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

प्रवक्ता आचार्यले भने, “पक्राउ परेकामध्ये सुनिताले युएई पठाउने भन्दै रु एक लाख ५० हजार, अभिशेषले माल्दिभ्स पठाउने भन्दै रु तीन लाख ४० हजार, चेतनारायणले बेलायत पठाउने भन्दै रु १३ लाख ६० हजार, रेशमले अमेरिका पठाउने भन्दै रु नौँ लाख र निलिमाले बेलायत पठाउने भन्दै रु १२ लाख लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता आचार्यले बताए ।

सम्बन्धित खवर

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...

फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरी फरार व्यक्ति ठमेलबाट पक्राउ

फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरी फरार व्यक्ति ठमेलबाट पक्राउ

काठमाडौँ । गत पुस ६ गते ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा एक व्यक्तिलाई फलामको...