उम्मेदवारी खारेजी विरुद्धको रिटमा रेशमले आज पनि पाएनन्‌ अन्तरिम आदेश

१५ माघ २०८२

उम्मेदवारी खारेजी विरुद्धको रिटमा रेशमले आज पनि पाएनन्‌ अन्तरिम आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहिबार पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कैलाली क्षेत्र नम्बर–१ बाट आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा बिहिबार पेशी तोकिए पनि न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गरी पेस गर्ने आदेश मात्र दिएको छ ।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशको विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाउने आदेश दिएको थियो । तर, चौधरीको मागअनुसार अन्तरिम आदेश भने बिहिबार पनि जारी भएन ।

टीकापुर घटनामा दोषी ठहर भइसकेका चौधरीलाई तीन तहका अदालतबाट सजाय कायम रहेकै आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । सोही निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् । यससँगै मुद्दाकाे अर्काे पेशी माग १८ गते आइतबारलाई ताेकिएकाे छ ।

याे पनि – काठमाडौँको मूलपानीमा गोली चल्यो, १० जना लुटेरा प्रहरी नियन्त्रणमा

सम्बन्धित खवर

स्वतन्त्र न्यायपालिकाको ओज

स्वतन्त्र न्यायपालिकाको ओज

लोकतन्त्रको मेरुदण्ड, नागरिक अधिकारको रक्षक र संविधानको व्याख्याताका रूपमा न्यायपालिकाको भूमिका सर्वोपरी हुन्छ ।...

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

काठमाडौँ । अमेरिकी संसद अन्तर्गत कार्य गर्ने कंग्रेसनल रिसर्च सर्भिस (CRS) ले आफ्ना देशका...

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

काठमाडौँ । यतिबेला सुन र सरकारको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । प्रधानमन्त्री र...

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । गत चैत...