दुर्गा प्रसाईँलाई म्याद थपका लागि पुर्‍याइयो सरकारी वकिल कार्यालय

२ मंसिर २०८२

दुर्गा प्रसाईँलाई म्याद थपका लागि पुर्‍याइयो सरकारी वकिल कार्यालय

काठमाडाैं । ‘नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई थप म्यादका लागि आज सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।

भक्तपुरको ठिमीस्थित निवासबाट गएराति पक्राउ परेका प्रसाईँलाई जिल्ला प्रहरी परिसर काठमाडौं र अनुसन्धान महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको हो।

सार्वजनिक शान्ति भंग हुने गतिविधि र भड्काउपूर्ण अभिव्यक्तिहरू दिएको आरोपमा प्रसाईँविरुद्ध अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ। सञ्चारकर्मीहरूले ‘कुन विषयमा पक्राउ गरियो?’ भनेर सोध्दा प्रसाईँले आफूलाई कारणबारे स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिएका थिए।

हालैका दिनमा उनले देशव्यापी आन्दोलन गर्ने, यातायातदेखि विभिन्न क्षेत्र ठप्प पार्ने चेतावनी सार्वजनिक रूपमा दिएका थिए। साथै, देशको अन्तर्राष्ट्रिय छविसँग जोडिएको एनपीएल खेल रोक्न क्यानका अधिकारीहरूलाई समेत दबाबपूर्ण चेतावनी दिएको भिडियोसमेत बाहिरिएको थियो।

यी गतिविधिले हिंसा भड्किन सक्ने जोखिम देखिएको भन्दै सुरक्षा निकायले उनलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

सम्बन्धित खवर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माण लगायत काममा...

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काडमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट निवेदनमा आज...

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिट निवेदनको...

नेकपा जाजरकोटका उम्मेदवार शक्ति बस्नेतसँग आयोगले सोध्यो स्पष्टीकरण

नेकपा जाजरकोटका उम्मेदवार शक्ति बस्नेतसँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैँ ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपाका तर्फबाट जाजरकोटका उम्मेदवार बनेका...