रास्वपा सांसद पोखरेलद्वारा ‘दोहोरो सुविधा’ खाइरहेको स्वीकार

जस नेपाल

१२ वैशाख २०८३

रास्वपा सांसद पोखरेलद्वारा ‘दोहोरो सुविधा’ खाइरहेको स्वीकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विश्वराज पोखरेलले प्रतिनिधिसभा सदस्य बनेपछि पनि नेपाल प्रहरीको पूर्वएआईजीको हैसियतमा पेन्सन सुविधा खाइरहेको स्वीकार गरेका छन् ।

एकातिर सांसदको तलब, अर्कोतिर सरकारी ढुकुटीबाट पेन्सन । यसरी दोहोरो सुविधा लिनु अनैतिक मानिँदै आएको छ । विगतमा प्रतिनिधिसभाले दोहोरो सुविधा लिन नपाइने विधेयक नै संसदमा पेश गरेको थियो ।

रास्वपा सांसद पोखरेलले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकास्थित चण्डेश्वरी मावि पोल्थलीका प्रधानाध्यापक शान्तबहादुर मगरलाई हप्काउने क्रममा नेपाल सरकारबाट अहिले पनि ५० हजार रुपैयाँ पेन्सन खाइरहेको खुलासा गरेका हुन् ।

दोहोरो सुविधा लिइरहेको स्वीकारोक्ति प्रकट गर्दै सांसद पोखलेले विद्यालयको प्राङ्गणबाट भने, ‘म विशिष्ट श्रेणीको रिटायर्ड कर्मचारी हो, अहिले पनि सरकारले ५० हजार पेन्सन दिन्छ मलाई ।’

अघिपछि पञ्चेबाजासहित गाउँमा पुगेका ‘माननीय’लाई विद्यालयका प्रधानाध्यापकले सम्मान नगरेको भन्दै पोखरेलले थर्काएर माफी माग्न लगाएका थिए ।

सांसद पोख्रेलले आक्रोशका क्रममा भनेका थिए–

तपाईं प्रधानाध्यापक म आउँदा निस्कनुपर्छ । तपाईं कार्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेड्मास्टर भित्र चुप लागेर बस्ने ? मसँग काम गर्नेहरू भर्खर सचिव हुँदैछन् । म पुलिस फोर्सको विशिष्ट श्रेणीको मान्छे हुँ । आईजी भएर झण्डै–झण्डै चलाएको मान्छे हुँ, अन्याय भएर राजनीतिमा आएको हुँ । माननीय बाहिर बसिरा’छ तपाईं ननिस्कने ? तपाईंहरू माननीय आएपछि रिसिभ गर्न आउनुपर्छ ।

यो जिल्लाको अहिलेको एक नम्बरको माननीय हुँ । सिकाउन खोज्ने ? माननीयलाई अपमान गर्ने ? म जनताको मतबाट जितेको मान्छे हुँ । तपाईंजस्तो हेडमास्टर त मैले चलाएको । माननीय आउँदा ध्यान पुगेन भनेर खेद प्रस्ताव पास गर्नुहोस् । अहिले पनि विशिष्ट श्रेणीको कर्मचारीको रूपमा पेन्सन खान्छु ५० हजार ।

सांसदहरुले पूर्वकर्मचारीको हैसियतमा पेन्सन लिनु भनेको सरकारी निकायबाट दोहोरो सुविधा लिनु हो । यसरी दोहोरो सुविधा लिन नपाइने कानून बनिसकेको छैन । तर, सुशासनको कुरा गर्ने नयाँ दलका सांसदहरुले यसरी दोहोरो सुविधा लिनु अनैतिक कार्य हो । कानून नबनेको भए पनि पूर्वकर्मचारी सांसदहरुले दोहोरो सुविधा नलिने स्वघोषणा गर्नु उपयुक्त हुने देखिन्छ । र, संसदले दोहोरो सुविधासम्बन्धी कानून तत्कालै बनाएर लागू गर्न आवश्यक देखिन्छ ।

यसैबीच, पोखरेलले प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि विज्ञप्ति निकालेर सार्वजनिकरुपमा माफी मागेका छन् ।

 

सम्बन्धित खवर

सांसद निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयत्न किन ?

सांसद निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयत्न किन ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा सांसदहरुलाई भ्रष्टाचार मुद्दामा...

राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्यति र परम्परालाई तलमाथि पार्न नहुने बताएका छन् ।...

प्रधानमन्त्रीले मानेनन् सर्वोच्चको निम्तो !

प्रधानमन्त्रीले मानेनन् सर्वोच्चको निम्तो !

काठमाडौँ । सर्वोच्च अदालतले कनून दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित...

राष्ट्रिय सभागृहमा कानून दिवस

राष्ट्रिय सभागृहमा कानून दिवस

काठमाडौँ । कानून दिवसको अवसरमा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा सर्वोच्च अदालतको आयोजनामा...